काठमाडौँ । पछिल्लाे २४ घन्टामा थप दुई सय २४ जनामा संक्रमण पुष्टि भएकाे छ ।

थपसमेत हाल संक्रमितको संख्या १९ हजार सात सय ७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा संक्रमणमुक्त भएर एक सय ५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार तीन सय ९९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निको हुने दर ७२.८ पुगेको बताए

हाल सक्रिय संक्रमित भने पाँच हजार तीन सय १६ जना छन् । क्वारेन्टाइनमा १२ हजार एक सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया