तेह्रथुम, ११ मंसिर । नेपाली कांग्रेसको तेह्रथुम प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले आफुलाई विजयी गराए आफुले राज्यको तर्फबाट प्राप्त गर्ने कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनका लागि नलिने घोषणा गर्नुभएको छ । उहाँले आफुलाई राज्यले दिने सेवा सुविधावापतको रकम समेत आफ्नो निर्वाचन क्षेत्रको विकासमै खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

चुनाव प्रचार प्रसारका क्रममा आइतबार आठराई गाउँपालिकाको छातेढुंगामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार सम्बाहाम्फेले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उम्मेदवार सम्बाहाम्फे निजी तथा व्यवसायिक विद्यालयहरुको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । झण्डै अढाई दशकसम्म प्याब्सनको विभिन्न अहोदामा रहेर शैक्षिक क्षेत्रको उन्नयनमा योगदान गर्नुभएका नेता सम्बाहाम्फेले जिल्लाका राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ मात्रै हेरेकाले विकास नभएको तर्क राख्दै आउनुभएको छ । ०४६ सालपछि निर्वाचित धेरै नेताहरु आश गरेको, तर कसैले पनि भरपर्दो काम गर्न नसकेकाले अब आफ्नो क्षेत्रको विकासका लागि आफु स्वयम् अघि बढेको सम्बाहाम्फेको भनाई छ ।

उम्मेदवार सम्बाहाम्फेले आफुले चुनाव लडिरहेको क्षेत्रको पुरानो शैक्षिक विरासतलाई फर्काउन व्यक्तिगत पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । ‘यहाँको विकासका लागि सरकारमा पहल गर्ने त छँदैछ, मैले आफ्नो व्यक्तिगत लगानीसमेत यही क्षेत्रमा गर्छु,’ उम्मेदवार सम्बाहाम्फेले भन्नुभयो । सम्बाहाम्फे जिल्लाको मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका मिलेर बनाइएको (ख) निर्वाचन क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ निर्वाचन क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । नेता सम्बाहाम्फेसँगै कांग्रेसबाट यही क्षेत्रकी भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ प्रतिनिधि सभामा र का‌ग्रेस जिल्ला सभापति गोविन्द ढु‌गाना प्रदेश सभा (क) बाट उम्मेदवार हुनुहुन्छ ।

नेता सम्बाहाम्फेले गाउँमै व्यवसायिक प्राविधिक शिक्षा, व्यवसाकिय कृषिका लागि सम्भावनाको खोजी गरी आधुनिक कृषि व्यवसायीकरण, सडक, खानेपानी, सिंचाई, पर्यटन विकास लगायत गरी यस क्षेत्रलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउने बताउनुभएको छ । यो क्षेत्रबाट बाम–गठबन्धनले एमाले पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । कन्दङवा पनि अहिले चुनावी प्रचार प्रसारको अभियानमा गाउँ–गाउँ पुगिरहनु भएको हुनुहुन्छ । एमालेले प्रतिनिधि सभामा भवानीप्रसाद खापुङ र प्रदेश सभा (क) जिल्ला अध्यक्ष लक्षुमन तिवारीलार्इ उम्मेदवार बनाएको छ । यो क्षेत्रमा ८ जनाको उम्मेदवारी रहेको छ । यो निर्वाचन क्षेत्रमा ३० मतदान स्थलबाट ३० हजार ५ सय ८८ जना मतदाताले मतदान गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया