तेह्रथुम । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चार महिनासम्म लकडाउन नै ग¥यो । संघीय सरकारले जनस्तरमा संक्रमण फैलिन नदिन अहिलेपनि प्रयास गरिरहेकै छ ।

देशभरका स्थानीय तहले भिन्न भिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गरेका छन् । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ ले भने वडाको श्रोत, साधन र क्षमताबमोजिम कोरोना संक्रमण भए÷नभएको परीक्षणमा सहज हुने गरी एक घर, एक थर्मोमिटर वितरण गरेको छ ।

आर्थिक वर्ष ०७६÷७७ को बजेटबाट अचानक फैलिएको महामारीका बेला वडाबासीलाई ज्वरो आउँदा त्यसको परीक्षण गर्न मिल्ने गरी एक घर, एक थर्मोमिटर र सिटामोलसमेत वितरण गरेको हो ।

‘संक्रमणको जोखिमले मान्छेहरुलाई अस्पताल जान डर भयो, कहिले काँही सामान्य बिरामी हुँदा कमसेकम ज्वरो नाप्नमात्रै सकेपनि बिरामीको उपचारलाई सघाउ पुग्ने देखियो, त्यसले थर्मोमिटर बाँडेका छौं,’ वडाध्यक्ष इन्द्रराज लिम्बुले भने ।

वडामा गठन भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले ३० चैतमा निर्णय गरी एक घर, एक थर्मोमिटर वितरण गरेको हो । वडाले चालु वर्षमा पनि अघिल्लो वर्षका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिएको वडाध्यक्ष लिम्बुले बताए ।

वडाध्यक्ष लिम्बुले अघिल्लो वर्ष सन्चालित योजना र खर्चको विवरण सार्वजनिक गर्दै राम्रा कामको निरन्तरता र कमीकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्ने योजना बनाएको बताए ।

उनले सार्वजनिक गरेको वडाको वार्षिक खर्च विवरण तथा प्रगतिविवरण अनुसार बसपार्कमा निःशुल्क वाईफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यस्तै, ट्रयाक ओपन भइसकेका सडकलाई छ मिटर चौडा विस्तार गरी नाली निर्माण गर्ने र बाह्रै महिना सञ्चालनयोग्य बनाउने काममा लगानी गरिएको छ । वडाले प्रदेशको ३० लाख अनुदानमा थलाडाँडा भ्यु–टावर निर्माणको काम सुरु गरेको छ ।

वडाले ०७६÷७७ मा सञ्चालन भएका संस्थागत योजनाहरुमा नौ लाख रुपैयाँ खर्च गरेको छ भने उपभोक्ता समितिबाट २२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, भैपरि विविध र वडाबाट सञ्चालन भएका कार्यक्रमहरुकालागि १८ लाख ५० हजार रुपैयाँ खर्च भएको वडाध्यक्ष लिम्बुले जानकारी दिए । नगरपालिकाले वडाकालागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया