तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिकाको १ नं. वडा कार्यालयले आर्थिक वर्ष ०७६÷७७ मा कृषि क्षेत्रमा मात्रै दश लाख रुपैयाँ खर्च गरेको छ ।

वडाले वडाको गौरवको योजनाको रुपमा कृषि क्षेत्रमा दश लाख रुपैयाँ विनियोजन गरी फलफुलका विरुवा वितरण, विऊबिजन, मल र प्लाष्टिक पोखरी वितरण गरेको वडाध्यक्ष इन्द्रराज लिम्बुले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :  यी वडाध्यक्ष : जसले वर्षभरिको खर्च सार्वजनिक गरे

उनकाअनुसार बजार क्षेत्रकालागि भारतको उत्तर प्रदेशबाट गमलामा फल्ने कागतीका विरुवा खरिद गरी वितरण गरिएको हो । बजारबासीहरुलाई एक हजार वटा गमलामा फल्ने कागतीको बिरुवा वितरण गरेको हो ।

यस्तै, किसानलाई उन्नत जातको मकैको बिऊ वितरण गरेको छ । मनकामना (३) र गणेश (१) जातको उन्नत जातको मकैको बिऊ वडाका सम्भव भएसम्म सबै घर र टोलसम्म वितरण गरेको छ । वडाले किसानलाई आवश्यक पर्ने रसायनिक मल समेत किसानको घर र टोलमै पु¥याइदिएको छ ।

लकडाउनले समस्यामा परेका किसानलाई आवश्यक पर्ने मल सहजरुपमा खरिद गरी वितरण गरिएको वडाध्यक्ष लिम्बुले बताए । वडा कार्यालयले कृषिकालागि खर्चिएको सो बजेटबाट एक घर, एक प्लाष्टिक पोखरी वितरणलाई समेत निरन्तरता दिएको छ ।

 

तपाईको प्रतिक्रिया