– लक्ष्मीनारायण मिश्र

मलाई आजकाल गाँउमा नखोज्नु,
सहरको रमझम तिरै रमाएको छु ।
म पाठशाला र बैठकहरुमा भेटिन्नँ,
भट्टि र बारको नशामा हराएको छु ।
त्यसैले त गाँउ आउन लजाएको छु ।

आचकाल मेरा दिनचर्याहरु नसोध्नु,
सपना सकिएको निन्द्रा जस्तै चन्चले छ ।
भेल पछिको सुख्खा बगर झैँ पिल्सिएको छ ।
बगरको बालुवा झैँ भबिस्यको चाल वेहाल छ ।
त्यसैले गाँउका मेला र भेलामा नखोज्नु,
डिस्को, बार र सेमीनारमा हराएको छु ।।

यहाँ विगतका मतिहरुको गति बेहाल छ ।
सत्ताको गतिमा सति जानेको ताँती छ ।
अबसर पाउनेको मति टिठ लाग्दो छ ।
बंचितहरुको बेहालमा साहारा बन्नु छ ।
त्यसैले यहाँ,
आगतका गति र दैनिक मतिहरु सुधार्नु छ ।
बार, सेमीनारबाट सदाचार बनाउनु छ ।।
ख्यालख्यालमा झेल पार्नेलाई झस्काउनु छ ।
पीडालाई मजाकमा उडाउनेलाई खुइल्याउनु छ ।
रोगले ठुलो र सानो, धनी र गरिब भन्दैन भनेर
समाजमा एकपटक छलफल चलाउनु छ ।

आजकाल यहाँ,
हुँदा खाने र हुने खाने बिचको मात्र होइन,
नब सामन्तवादीहरुको बिगबिगी बढ्दोछ ।
नब उदारबाद लोलाएको छ, लोकतन्त्रमा १
अवसरतन्त्र कै हालिमुहाली चल्दैछ, महामारीमा १
त्यसैले विगतका गाथ र साथहरु सवै विर्सिएर १
महासयकै हारमा दाँजिएर,
तिमीलाई भेट्न मन छ मलाई ।।

हो त्यो पनि राम्ररी थाहा छ मलाई,
दाँजिनलाई केही आधार चाहिन्छ, भनेर ।
त्यसैले ठीक यतिखेर तिमी र हामी विचमा
आगतका व्यवहार सुधार्ने सम्झौता गरौंला ।
श्रमलाई सम्मान गरि, जिम्बेवार बनाउँंला ।

स्वास्थ्यमा व्यापार होइन, सहयोग गरौंला ।
महाँमारीमा बँचेर, भोकमारीबाट बँचाउँला ।
रोगमा राजनीति हैन, सकेको उपचार गरौंला ।
रोग र भोकमा भेदभाव हैन, सेवाभाव जोडौंला ।।
त्यसैले विगतका गाथा र व्याथा विर्सिएर १
मानबको मान माथि मान र सम्मान गर्दै,
समाजको हारमा दिनचार्या चलाउँला ।।

  • हाल म्याङ्लुङ बजार तेह्रथुम
    २०७७ असार ६ गते ।

तपाईको प्रतिक्रिया