ताप्लेजुङ, मंसिर १० – हिमाली जिल्ला ताप्लेजुङमा ६६.१ प्रतिशत मत खसेको छ । जिल्लामा सबै भन्दा धेरै ९३ प्रतिशत खसेको छ भने सबै भन्दा थोरै २८ प्रतिशत मत खसेको छ ।
जिल्लाको पश्चिमी मिरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा ८३३ जना मतदाता मध्ये ७७८ मतदान भएको छ । जुन ९३ प्रतिशत हुन्छ । हिमाली गाउँ ग्याब्लामा २५ मत खसेको छ । फक्ताङलुङ गाउँपालिका ६ ग्याब्लामा ४९ जना मतदाता रहेका थिए । ती मध्ये २५ मत खसेको हो ।
ताप्लेजुङ जिल्लामा रहेका ७३ स्थानमा रहेका १ सय १४ मतदान केन्द्रमा अर्थात जिल्लाभरिमा ७८ हजार ३ सय ९७ मतदाता रहेका छन् । जसमध्ये ५१ हजार ८ सय २१ मत झरेको निर्वाचन अधिकारी महेश कुमार ठाकुरले बताउनुभयो । प्रदेश नम्बर १ अर्थात (क) मा ४३ हजार ५ सय ३६ र प्रदेश २ (ख) मा ३४ हजार ८ सय ६१ जना रहेकाछन् ।