झापा । झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया