काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा  श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको  सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक  बिकले नै गरेका हुन् ।  जसको निर्देशन गायक सुनिल आँफैले नै  गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया