रविकिरण मादेन,

पुर्वको रसिलो पर्यटकीय गन्तव्य हो, बसन्तपुर ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाका केन्द्र र सरकारले मध्यपहाडी लोकमार्गले छोएका दश शहरोन्मुख बजारलाई ‘नयाँ शहर’ निर्माण गर्ने घोषणा गरी विकास गरिरहेको नयाँ शहर पनि हो यो ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्धार वसन्तपुर बाह्रै महिनाजसो देशी विदेशी पर्यटक पुग्ने गन्तव्य हो ।

तर, यसवर्ष कोरोना महामारीका कारण भएको लकडाउनले पर्यटकको आगमन चार महिनादेखि शुन्यजस्तै छ ।

नगरपालिकाले हालै निर्माण गरेको चोःलुङ पार्क वसन्तपुरको थपिएको विशेषता हो ।

लिम्बु समुदायको कला, संस्कृति र संस्कारसँग जोडेर निर्माण भइरहेको पार्क पर्यटकीयमात्रै हैन, धार्मिक र सांस्कृतिक केन्द्रसमेत बनिरहेको छ । वसन्तको हरियालीपछि चोःलुङ पार्कका आकर्षक दृश्यहरु :

 

 

तपाईको प्रतिक्रिया