गुराँस न्युज । तेह्रथुम । तेह्रथुममा रहेर पाँच वर्ष यता पत्रकारितामा क्रियाशील टिअार सुब्बाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । सुब्बाले अभिनय गरेको ‘चासोक तङनाम पहिलो भेटमा’ बोलको गीतको म्युजिक भिडियो युवटुवमार्फत सार्वजनिक भएको हो । गीतकार तथा मोडल विष्णुकुमार इङनामको पहिलो भिडियो एल्बम ‘यो जीवन’ कलेक्सनमा समेटिएको चासोक तङनाम बोलको गीतमा पत्रकार सुब्बा र मिना मादेनको जोडी देख्न पाइन्छ । इङनामको शब्द रचना रहेको गीतमा सन्जय तुम्रोक र सुनिता थेगिमको स्वर छ । गीतको भिडियो गीतकार इङनामको अाफ्नै युवटुव च्यानलमार्फत अाइतबार सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस् :-