गुराँस न्युज । संखुवासभा, १० मंसिर । संखुवासभामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा दिउँसो ३ बजे सम्म करिव ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिृकतको कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहका साथ मतदान भइरहेको बताइएको छ । जिल्लाका केही मतदान केन्द्रमा भने अहिले दिउँसो बजे सम्म निकै भिड देखिएको छ ।
१ प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका छन । जिल्लामा १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्रमा करिव ५० प्रतिशत देखि ६५ प्रतिशत सम्म मत खसेको बताइएको छ । जिल्लामा ३५ अति संवेदनशील, ४५ संवेदनशील र २३ साधारण सुरक्षा निकायले अड्कल गरे पनि कुनै पनि केन्द्रमा अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताउनुभयो ।
यसै विच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहरी विकास मन्त्री एवं संघिय प्रतिनिधि समानुपातिक उमेद्धवार दिलनाथ गिरीले धर्मदेवी नगरपालिका स्थित आखिभुई केन्द्रबाट मतदान गर्नु भएको छ भने पूर्व खानेपानी राज्य मन्त्री एवं प्रतिनिधिसभा उमेद्धवार दिपक खड्काले धर्मदेवी नगरपालिकाको आखिभुई केन्द्रबाट मतदान गर्नु भएको छ ।
यसै गरि बाम गठबन्धन बाट प्रतिनिधिसभा उमेद्धवार एमालेका राजेन्द्र गौतमले चैनपुर नगरपालिकाको चैनपुरबाट मतदान गर्नु भएको छ ।
संखुवासभा जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धन विच कडा प्रतिशपर्धा हुने देखिएको छ । जिल्लामा प्रत्यक्ष प्रतिनिधिसभामा १० दल र प्रदेशसभामा ८ दलका उमेद्धवार रहेका छन ।