विराटनगर, १० मंसिर । पहिलो चरणमा मतदान भएको पुर्बी हिमाली जिल्ला सोलुखु्म्बु र संखुवासभामा करिब ४० प्रतिशत मतदान भएको छ । कतिपय मतदान केन्दहरुमा २५ प्रतिशत पनि मततदान हुन नसकेको निर्वाचन कार्यालयहरुले जनाएको छन् । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकारी खिमादेजवी लङवाले ४५ प्रतिशत मतदानद सम्पन्न भएको जानकारी दिनुभयो ।
निर्वाचनको क्रममा सबैभन्दा माथिल्ला हिमाली मतदान केन्द्रहरुमा मतदाताको बिहान मतदानको लागि समस्या देखिएको भएपनि मध्यान्ह पछि उपस्थीती बढेको उहाँको भनाई छ । ६९ हजार ४ सय ११ जना मतदाता रहेको खोलुखुम्बुमा मतदान शान्तीपुर्ण रुपमा भईरहेको लङवाले जानकारी दिनुभयो । त्यस्तै संखुवासभामा २५ देखि ४० प्रतिशत सम्म मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाउको छ ।
बिहान ७ बजे देखि नै मतदानको लागि कर्मचारीहरु मतदान गराउने तयारीमा रहेको भएपनि मतदाताको उपस्थीती निक्कै न्युन थियो । घाम तातिँदै जाँदा मतदाताको संख्या बढेको भएपनि संखुवासभाका कतिमय निर्वाचन केन्द्रमा २ बजे सम्म २५ प्रतिशत पनि मदतान हुन नसकेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका निर्वाचन अधिकारी ऋषि कुमार दहालले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २५ देखि बढीमा ४० प्रतिशत सम्म मतदान भईसकेको छ । यसैबिच सरस्वती मतदान केन्द्र चैनपुरबाट ९१ बर्षिय मनमायाँ रोक्काले मतदान गर्नु भएको छ ।
किमाथाङ्काको मतपेटिका भोलि आउने
निर्वाचन भईरहेको पुर्बी पहाडी चिनसँग जोडिएको नाका किमाथांकाबाट मतदान सकिएपनि आज मत पेटिका ल्याउन सकिने अबस्था नरहेको निर्वाचन कार्यालयले जनाएको छ । दहालका अनुसार ५ बजे सम्म मतदान हुने र त्यो पछि कर्मचारीलाई मिलाउन लाग्ने समय सहितलाई आधार मान्दा आज सो क्षेत्रबाट मत पेटिका आउन सक्दैन । सिन्धु भोटखोला गाउँपालिका अन्तरगतका ९ वटा मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट भोली बिहान ल्याईने उहाँको भनाई छ ।
‘किमाथांकाल मतदान केन्द्र सहितका ९ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ, उहाँले भन्नुभयो, चाँडै रात पर्ने हुँदा हेलिकोप्टरले राती ल्याउन सक्ने अबस्था नहुने हुँदा भोली मात्र आउन सक्स्छ ।’ संखुवासभामा एक लाख ५ हजार ४६ मतदाता रहेका छन् । अहिले पनि मतदाता मतदानमा सक्रिय भएर लागेका छन् । भोजपुरमा पनि कम मतदान उत्ता भोजपुरमा पनि २० देखि ५० प्रतिसत सम्म मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनको लागि मतदाता उत्साहित नदेखिए पछि कतिपय मतदात केन्द्रमा २० प्रतिशत पनि मतदान हुन नसकेको जिल्ला निर्वाचन अधिकारी राजेन्दै्र पोखरेलले जानकारी दिनुभयो । उहाँले मतदातामा उत्साह निक्कै कम देखिएको र अहिले सम्मको अबस्था हेर्दा धेरै मतदान भएको मतदान केन्द्रमा पनि ५० प्रतिशत मात्र मत खसेको बताउनुभयो । भोजपुरमा १ लाख १४३ हजार ७ सय ४५ मतदाताले मतदान गर्दैछन् । तर मतदाताहरु कतिले भोट हाल्ने हुन् भन्ने बिवरणल साँझ मात्र आउने छ।