– लक्ष्मीनारायण मिश्र

कोरनाको कहर बढ्दो थियो ।
विश्वलाई आतङ्कित बनाउदै थियो ।
विज्ञानलाई निस्तेज गराउदैछ ।
बैज्ञानिकलाई लोलाउने बनाउँदै छ ।
भाइरसले साम्राज्य फैलाउदै छ ।
एकछत्र पृथ्वीमा राज गर्दै र भन्दैछ ।
हे मानबहरु प्रकृतिको वलात्कार नगर ।

आजकाल
आफन्तमा आवतजावत बन्द छन् ।
विश्वमा शासक प्रशासक स्तव्ध छन् ।
स्वास्थ्य संगठन र विभाग सोच्दै छ ।
विरामी र मृतु हुनेको संख्या गन्दै छ ।
बाँच्नलाई मान्छे बँचाउको याचना गर्दै छ ।
मानबले चरम विज्ञानको दुरुपयोग गर्दै छन् ।
रोगिहरु निरोगी हुने जिजीविषामा बाँची रहेछन् ।

सुरक्षाकर्मी घामपानी नभनी, सुरक्षा दिदै छन् ।
स्वास्थ्यकर्मी स्वास्थ्यसेवाको, जोखीम मोल्दै छन् ।
सन्चारकर्मी एकान्तबासबाटै, समाचार दिदैछन् ।
राष्ट्रसेवक सेवाकर्मी काममा व्यास्तको व्यास्तै छन् ।
अरु सार्वजनिक सेवक क्वारेन्टीनमा मस्त छन् ।

मजदुरलाई महामारी भन्दा भोकमारीले सताउदै छ ।
श्रद्धालु मनका धनले, भोकोपेट भराउदै र पुर्याउदै छन् ।
सेवाकर्मी, स्वस्थ्यकर्मी जोखिममा चुनौती लिदैछ ।
संक्रमितले बाँच्नलाई आइसुलेसन मै शक्ति संचय गर्दैछन ।
त्यसैले हाम्रा जीवित रहने जिजीविषा जाग्दैछन ।

 

–  ३० वैशाख, २०७७
हालः म्याङलुङ १ तेह्रथुम

तपाईको प्रतिक्रिया