स्याङ्जा, १० मंसिर । उपप्रधान तथा शिक्षा मन्त्री एवम् स्या¨जा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार गोपालमान श्रेष्ठले नेपालका कम्युनिष्टहरुले बनेको कुरा विगार्ने र भताभुंग मात्रै पार्ने गरेको आरोप लगाउनुभएको छ ।
“एमाले र माओवादी पार्टीस“ग देशको विकास गरेको र आर्थिक समृद्धि ल्याएको हैन, बिगार्ने र भत्काउने कामको अनुभव बढि छ” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “बाम गठबन्धनको बहुमत पुग्यो भने तिनले धर्म, संस्कृति, परम्परा , इतिहास र बनेका सबै कुराहरु तहसनहस बनाउ“छन् ।”
सस्तो नारा दिएर गरिब जनतालाई झुक्याउनमा एमाले र माओवादीका कार्यकर्ता माहिर रहेको आरोप लगाउदै श्रेष्ठले भन्नुभयो , “हामीले जे भन्छौ, त्यही गछौं, जति सक्छौ,त्यति भन्छौ ।”
आदर्शविहिन बाम गठबन्धन बनाउनुको कुनै औचित्य भएको बताउदै भन्नुभयो, “जनता मारेर स्वार्थ पूरा नभएपछि बामएकता भएको हो ।” एमाले र माओवादीलाई प्रश्नगर्दै नेता श्रेष्ठले भन्नुभयो,“बाम गठबन्धन गर्दैमा सबै विकास र निकास आउथ्यो भने किन १० वर्षे जनयुद्ध गरेर १७ हजार नेपालीको हत्या गरेको ?”
स्याङ्जाको चापाकोट र वालिङ्माभएकाचुनाबी सभालाई सम्बोधनगर्दै नेता श्रेष्ठले नेपालका कम्यूनिष्टहरुमा कुनै मौलिकत नभएको भन्दै विदेशी नेताको पूजा गर्ने पार्टी राष्ट्रवादी हुनै नसक्ने दावी गर्नुभयो । उहाले अहिले बाम गठबन्धन राष्ट्रिय आवश्यकता भन्दा पनि विदेशीको इशारामा नै भएको आशंका पनि व्यक्त गर्नुभयो ।
नेता श्रेष्ठले नेपाली जनतालाई राजनीतिक अधिकार दिलाएर लोकतान्त्रिक पद्धतिमार्फत आर्थिक समृद्धि हासिल गर्न स्थापित नेपाली कांग्रेसले राजनीतिक लक्ष पूरा गरेको उल्लेख गर्दै अब समृद्धिको यात्राको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने बताउनुभयो ।
चुनावी सभामा का“ग्रेसका नेता मोहनप्रसाद पाण्डे, सूर्यप्रसाद रेग्मी सहितका बक्ताहरुले बाम गठबन्धन बनाएर एकदलीय अधिनायकवाद स्थापना गर्ने लक्ष्य पूरा नहुने बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नंम्बर २ को प्रदेशसभा (क)का का“ग्रेस उम्मेदवार विष्णुप्रसाद पौडेलले वालिङमा भएको सभामा बोल्दै सहकार्यमा सम्बृद्धि ल्याउने का“ग्रेसको सपनामा बाम गठबन्धन अबरोध बनेको बताउनुभयो ।
चापाकोटमा सम्पन्नचुनाबी सभामा बोल्दै प्रतिनिधिसभा क्षेत्र नंम्बर २ को प्रदेशसभा (ख) का का“ग्रेस उम्मेदवार भागवतप्रकाश मल्ल ‘प्रकाश’ ले विकास र सम्बृद्धिका लागि का“ग्रेसलाई भोट दिन मतदातास“ग आग्रह गर्नुभयो ।