चितवन, १० मंसिर । चितवनमा चुनावी रंग बल्ल चढ्न थालेको छ । विकास र समृद्धिको नारा लिएर लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु मतदाताको घरघर र किसानहरुको खेतबारी पुग्न थालेका छन ।
क्षेत्र नं.१ अन्तर्गत नेपाली काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले शनिबार खैरहनी नगरपालिकामा घरदैलो सम्पन्न गरेका छन् । वडा नं २ अन्र्तगत पटिहानीबाट शुरु भएको घरदैलो अभियान राई टोल,नमुना टोल हुदैका कोणसभामा परिणत भएको थियो ।
सभालाई प्रतिनिधि सभा चितवन क्षेत्र नं १का उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी र प्रदेश सभा(ख)का उम्मेदवार उत्तम आचार्यले संबोधन गर्नुभएको थियो ।
उम्मेदवार बुर्लाकोटीले कम्युनिष्टहरुले बाम गठबन्धनको नाममा अधिनायकवादी व्यवस्था ल्याएर जनताको स्वतन्त्रता अपहरण गर्न लागेको बताउदै कांग्रेसले लोकतन्त्र,संविधानको संरक्षण र संबर्धन गर्दै आर्थिक विकासमा जाने कार्यक्रम ल्याएकोले नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
आफू स्थानीयबासी भएकोले क्षेत्रका हरेक वडा र टोलको समस्याको बारेमा ज्ञान रहेकोले आफू निर्वा्चित भएपछि क्षेत्रका समस्या एकाएक समाधान गर्ने बताउनुभयो ।
।
कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार उत्तम आचार्यले विकास र समृद्धिका लागि काँग्रेसको जीत आवश्यक रहेको बताए । प्राप्त उपलब्धी रक्षाको लागि काँग्रेसको बहुमतको सरकार जनताले चाहेको दावी गर्नुभयो ।
घरदैलो कार्यक्रममा मा प्रचार प्रसार समिति संयोजक तथा क्षेत्रीय सभापति कुमार कार्की,सह(संयोजक राजु सिलवाल,नेपाल महिला संघ केन्द्रिय सदस्य सुशीला उप्रती,महाधिवेशन प्रतिनिधि गिता देवकोटा,संजय लामा,नेपाली कांग्रेस जिल्ला प्रवक्ता निता ढकाल,नेपाली कांग्रेस जिल्ला सहसचिव सुर्य अर्याल खैरहनी नगर सभापति शशी खनिया,नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, कांग्रेस जिल्ला सदस्य दिवाकर अर्याल,कमला श्रेष्ठ लगायतको सहभागिता रहेका थियो ।
अधिनायकबाद छेक्ने, विकासवाद रोज्ने
स्थानीय तहको निर्वाचनमा छोरीलाई भरतपुर महानगरपालिकाको मेयर बनाउन कांग्रेससंग गठबन्धन गर्ने तर आमनिर्वाचनमा बढी सिट दियो भनेर एमालेसंग गठबन्धन गरी कम्युनिज्म ल्याउने सपना देखेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिनुभएका वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे टोलटोलमा विकासको नारा लिएर घरदैलो अभियानमा निस्कनुभएको छ ।
शनिवार भरतपुर–८ पारसनगरमा चौतारी महिला समूहको भेलालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कम्युनिष्ट नेताको सपनाको पछाडि लाग्दा मुलुकले विगतमा भोगेको ठूलो दुर्दशाको स्मरण गराउदै जनतालाई राजनीतिक स्वतन्त्रतापछि आर्थिक समृद्धि चाहिने भएकोले त्यसमा समर्पित उम्मेदवारलाई मत दिन अनुरोध गर्नुभयो ।
शनिवार भरतपुर–१६ शिवनगरमा आयोजित कोणसभामा बोल्दै नेता विक्रम पाण्डेले संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गराउन आँफु प्रतिवद्ध रहेको बताउनुभयो ।
राज्यको नीतिभित्रै रहेर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाइने दावी गर्दै उहाँले धर्मसंस्कृति विरुद्ध गतिविधि सञ्चालन गर्ने दल समाजप्रति उत्तरदायी नहुने जीकिर गर्नुभयो ।
दिनेश नगरका वडावडामा
यसैबीच चितवन क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दिनेश कोइरालाले प्रचार अभियानलाई गति दिनुभएको छ ।
उहाँ सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुले शनिवार भरतपुर–१६ र भरतपुर–८ मा घरदैलो अभियान सम्पन्न गरेका छन् ।
घरदैलो अभियानका क्रममा युवा नेता कोइरालाले राजनीतिक मूल्य,मान्यता,सिद्धान्त र विचारमा अडेको निष्कलंक व्यक्तिलेमात्र सामाजिक क्षेत्रको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
मतदाता खोज्दै खेतखेतमा
प्रदेश सभा तर्फ चितवन क्षेत्र नं.३ (ख) का उम्मेद्वार साजन कुमार महतोले घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ । शनिवार माडी नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै स्थानीयबासीसंग आर्शिवाद लिनुभएको थियो । घरदैलोको क्रममा स्थानीयले प्रदेश सभाका उम्मेद्वार महतोलाई भव्य स्वागत गरेका थिए । आज साविक गर्दी गाविसका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम भएको छ । स्थानीय मतदाता भेट्न उहाँ खेतमा समेत पुग्नुभएको थियो ।
उहाँले आसन्न मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरि आफूलाई भारी मतान्तरले जिताउन आग्रह गर्नुभयो ।
मंसीरको महिना घान काट्ने समय भएकोले उहाँ मतदाताहरुलाई भेट्दै मत माग्न खेतखेतमा पनि पुग्नुभएको थियो ।