ताप्लेजुङ, मंसिर १०– ताप्लेजुङ्गको आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माविमा रोकिएको मतदान सुरु भएको छ ।

मतदान केन्द्र नजिकै बम भेटिएपछि स्थगित भएको मतदान फेरि सुरु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । सेनाको टोलीले बम निष्कृय पारेपछि मतदान फेरि सुरु भएको हो ।

अहिले ताप्लेजुङका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत महेश ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार ताप्लेजुङमा अहिलेसम्म ४० प्रतिशत मत खसिसकेको छ ।

तपाईको प्रतिक्रिया