गुराँस न्युज । गोरखा । १० मंसिर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । भट्टराई गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फका उम्मेदवार हुन् । उनले गोरखास्थित पालुङटार नगरपालिका —१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गरे । उनी अन्य मतदाता झैँ लाइनमै बसेर मतदान कार्यमा सहभागी भए ।