ताप्लेजुङ, मंसिर १० – ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको वडा नं. ३ को नारायणी उमावि मतदान केन्द्रबाट एमाले नेता योगेश भट्टराईले मतदान गर्नुभएको छ । भट्टराईले विहान ७ बजेर ३० मिनेटमा मतदान गर्नु भएको हो । भट्टराई ताप्लेजुङको प्रतिनिधिसभाबाट उम्मेदवार बन्नुभभएको छ ।