सोलुखुम्बु, मंसिर १०– आइतबार भैरहेको पहिलो चरण अन्तर्गत भैरहेको चुनावमा तिङलावासीले चुनाव बहिष्कार गरेका छन् ।
सोलुखुम्बुको तिङ्लाका कसैले पनि मतदाता परिचयपत्र लिएका थिएनन् । तिङ्लामा २५ सय ७५ मतदाता रहे पनि कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राज्य पुनर्संरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका हुन् । तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।