काठमाडौ , ९  मंसिर ।  गीतकार बिष्णु कुमार ईङनामको एकल गीति एल्वम् “यो जीवन” को म्युजिक भिडियो सनिबार काडमाडौमा सार्वजनिक गरिएको छ । बिभिन्न कथाबस्तु तथा बिषेशता बोकेका ६ वटा गितहरु समावेस भएको एल्वम्को नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काईलाले एक औपचारिक कार्यक्रमका बिच बिमोचन गर्नुभएको छ । रातो पुल स्थित रक हाउस क्याफेमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका काईलाले नेपाली सांगितिक आकासमा बिष्णुकुमार ईङनामको यस एल्वम्ले एक ईटा थपेको बताउनुभयो । कार्यक्रमका बिच म्युजिक भिडियोका कलाकार , गायककार ,संगितकार, निर्देशक तथा प्राबिधिकहरुलाई सम्मान पत्र द्धारा सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको छ । बिमोचन कार्यक्रममा मिलन अमात्य , मविन्द्र राई लगायतका गायकहरुले एल्वम्को गित प्रस्तुत गरेका थिए ।

एल्वम्का गितहरुमा माया प्रेमको भावलाई समेट्ने कुनै आफ्नो जिल्लाको चिनारी तथा लिम्बु संस्कार सस्कृति लगायतको भाव बुझिने शब्दहरु कैद भएका छन् । बिगतका धेरै बर्षएता गित लेखन तथा मोडलिङमा लाग्नुभएका बिष्णुले यस एल्वम्मा समावेश भएका मध्ये ४ वटा गितमा आफैले मोडलिङ गर्नुभएको छ । बाकि दुईटा गितमा भने अन्य कलाकारहरुलाई देख्न सकिन्छ । यस एल्वम्मा नाता तोड्यौ , यो माया हो , यहि हो मेरो तेह्रथुम जिल्ला, पहाडकी रानी, चासोक तङनाम पहिलो भेटमा र यो जिवन तिमी बिना अधुरो बोलका गितहरु समावेस छन् ।

नाता ताड्यौ बोलको गितमा मनोजराज शिवाको स्वर रहेको छ भने एल्वम् निर्माण बिष्णु आफलै सुजता ढकाल संग मोडलिङ गर्नुभएको छ । त्यस्तै मविन्द्र राई र मिलन अमात्यको आवाजमा रहेको यो माया हो गितमा पनि कलाकार बबिता फोम्बोको साथमा ईङनामलाई देख्न सकिन्छ भने एल्वम्को अर्को गित यहि हो मेरो तेह्रथुम जिल्लाको म्युजिक भिडियोमा सुल्तान ईधिङगो , सिर्जना निङलेकु र याङजोम सेर्पालाई देख्न सकिन्छ । यस गित भने गायक मविन्द्रले नै गाएका हुन भने रवि सेर्माको निर्देशन रहेको छ ।

बिभिन्न समयमा निर्माण गरिएको म्युजिक भिडियोमा बेग्लाबेग्लै सर्ट स्टोरी राखिएको छ । एल्वम्को पछिल्लो ३ वटा गितमा पहाडकी रानी, चासोक तङनाम र यो जिवन हुन । जसमध्ये पहाडकी रानी र यो जिवनमा फरक फरक भुमिकामा बिष्णु ईङनाम र रेखा फागाको जोडीेलाई देख्न सकिन्छ । यो जिवनमा दिपक लिम्बु र मिलन अमात्यको आवाज रहेको छ भने पहाडकी रानीमा अमात्यको साथमा मविन्द्रले स्वर दिएका छन् । लिम्बु मौलिक सस्कार र सास्कृतिक चाड चासोक तङनामलाई समेटेर गितकार ईङनामले एल्वम्को लागी अर्को गित चासोक तङनाम पहिलो भेटमा रहेको छ । यस गितमा सञ्जय तुम्रोक र सुनिता थेगिमको आवाज रहेको छ भने भिडियोमा पत्रकार टिआर सेनेहाङ र मिना मादेन नुमाफुङको जोडीलाई मुख्य कलाकारको रुपमा राखिएको छ । बिमोचित एल्वम्का गितहरु केहि दिन मै युट्युवमा राखिने गितकार ईङनामले जानकारी दिनुभयो ।

तेह्रथुमको ईवा पुख्र्यौली घर भएका ईङनाम झापाको गौरादहमा स्थाई भर भई हाल हङकङमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया