धनगढी, ९ मंसिर । नेपाली का“ग्रेसका नेता सुनीलकुमार भण्डारीले लोकतन्त्र समाप्त पार्ने र मुलुकलाई अस्थिर बनाउने षडयन्त्रबाट देशीविदेशी तत्वहरूको चलखेलबाट बाम गठबन्धन निर्माण भएको बताउनु भएको छ ।
नेपाल शिक्षक संघ, कैलाली क्षेत्र नम्बर ४ को आयोजनामा शनिबार अत्तरियामा नेपाली का“ग्रेस कैलालीका क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरूसंगको भेटघाटमा उहा“ले बाम गठबन्धन सत्तास्वार्थको परिणाम पनि रहेको चर्चा गर्नुभयो ।
‘यो (बाम गठबन्धन) मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्व बढाउन तथा लोकतन्त्र कमजोर बनाउन निर्माण भएको हो’ उहा“ले लोकतन्त्रको रक्षाका लागि का“ग्रेससहित लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको बताउनु भयो ।
कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता भण्डारीले संविधानको पुर्ण कार्यान्वयन तथा रक्षाका लागि का“ग्रेसलाई जिताउन आम मतदातामा आग्रह गर्नुभयो । ‘यो संविधानमा सबै जातजाती, क्षेत्र, वर्ग र समुदाय, धार्मिक समुदाय लगायतको अधिकार सुनिश्चित गरेको छ’ उहा“ले भन्नुभयो– त्यसैले पनि लोकतन्त्र पक्षधरको जीत आवश्यक छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य ख का उम्मेदवार हिरादत्त भट्टले अहिले लोकतन्त्र रहने वा नरहने भन्ने प्रश्न उठेकोले शिक्षकहरूले अझ बढी जिम्मेवार र गम्भीरका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उहा“ले आफूहरू सत्तासुखका लागि उम्मेदवार नबनेको बताउनु भयो । ‘हामी (सुनीलकुमार र आफू) ७० वर्ष उमेर माथिका दुई जना ा केका लागि उम्मेदवार भयौं ?’ उहा“ले आफूहरूको सम्पूर्ण जीवन लोकतन्त्रका लागि अर्पण गरेको चर्चा गर्नुभयो । थप्नुभयो– अहिले लोकतन्त्रमाथि खतरा सिर्जना गरिएकोले हामी बुद्धहरू पनि निर्वाचनमा होमिएका हौं ।
प्रदेश सभा सदस्य ख का उम्मेदवार यज्ञराज चौधरी आफूले मजदुर क्षेत्रबाट जीवनपर्यन्त टे«ड युनियनमा प्रतिनिधित्व गरेको चर्चा गर्नुभयो । ‘मेरो बा“की जीवन पनि टे«ड युनियनकर्मीको वर्गीय हकहितका लागि अर्पण गर्ने छु’ उहा“ले का“ग्रेसले मजदुर, दलित, सिमान्तकृत समुदाय, अल्पसंख्यक, आदिवासी जनजाती लगायतको हकहितको संरक्षण र संवद्र्धनमा अहम् र निर्णायक भूमिका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रम संघका क्षेत्रीय अध्यक्ष वीरबहादुर खत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षक संघ कैलालीका अध्यक्ष गणेशप्रसाद ओझा, पूर्व अध्यक्ष गिरिराज कडायत, निवर्तमान अध्यक्ष भूपालसिंह खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष राजेन्द्र खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कर्ण कु“वरले गरेका थिए ।