सुर्खेत, ९ मंसिर । नेकपा एमालेको गढ मानिएको र बामगठवन्धनबाट निर्वाचन क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार बनेका नेता यामलाल कँडेलको वडामा कांग्रेसले शनिवार सशक्त घरदैलो कार्यक्रम गरेको छ । अपरान्ह १ बजे वडा सम्पर्क कार्यालयबाट कांग्रेसका प्रदेश उम्मेदवार कमलराज रेग्मी, सामानुपातिक उम्मेदवार पार्वती गिरी, पार्वती धौलाकोटी, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, समाजसेवी कालुराम धौलाकोटी, कांग्रेस वडासभापति गोविन्दप्रसाद शर्मालगायत नेता कार्यकर्ताहरुको सहभागितामा सो वडामा कांग्रेसले सशक्त घरदैलो कार्यक्रम गरेको हो ।

वडा नं. ४ लाई एमालेको किल्लाको रुपमा लिइन्छ । गत स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको उपमेयर, वडाअध्यक्ष र सदस्यहरुमा सवै पदमा एमाले उम्मेदवारले बढी मत पाएपनि मेयरमा भने वालाराम शर्माभन्दा कांग्रेसका देवकुमार सुवेदीले बढी मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनको मतपरिणाम पछि वालाराम शर्मालाई वडा नं. ४ ले नै डुबायोभन्दै एमाले बृत्तमा व्यापक चर्चा चलेको थियो ।

अहिले सोही वडाबाट एमालेका यामलाल कँडेल निर्वाचन क्षेत्र नं. २ को क बाट प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् । उक्त वडामा कांग्रेस नेता कार्यकर्ताहरुले कांग्रेसलाई जिताउन विभिन्न नाराहरु लगाएर वडा परिक्रमा गरेका थिए । विकास निर्माण, मुलुकको संकट समाधान गर्ने दल नै कांग्रेस भएकोले यसपटक पनि कांग्रेस उम्मेदवारहरुलाई जिताउन उनीहरुले आग्रह गरेका थिए ।

यस्तै खानेपानी,सिचाई,सडक, ढलनिकास,जस्ता समस्या समाधान गर्न नेपाली काँगे्रसलाइ मत दिन जनतालाइ आह्वान गरे । ‘अहिलेको सबैभन्दा ठूलो चुनौति संविधान कार्यान्वयन हो, त्यसको लागि काँग्रेसलाइ भोट दिनु आवश्यक छ ।’–घरदैलोका क्रममा थानीले भने । यस अघिका निर्वाचनमा आफूले जनतामाझ गरेका बाचा पूरा गर्दै आएको बताउँदै उनले जिल्लाको समग्र विकासका लागि आफूलाइ चुनाव जिताउन मतदातासंग आग्रह गरे । वीरेन्द्रनगर उपत्यकालाई सुन्दर र हराभरा बनाउन टाउन प्लानिङ अनुसार काम गर्दै जाने दृढता व्यक्त गर्दै उनले यातायातका लागि चक्रपथ निर्माणमा जोड् दिने प्रतिबद्धता जनाए । हाल उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न र सिचाइँ सुविधा उपलब्ध गराउन भेरीबाट लिफ्ट गरेर पानी ल्याउने योजना आफूले बनाएको बताए ।

घरदैलो अभियानकै क्रममा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क) का उम्मेदवार कमलराज रेग्मीले लोकतन्त्रलाई संस्थागत गर्दै विकास निर्माणलाई तिब्रता दिन पनि नेपाली काँगे्रसलाई जिताउनु पर्ने वताए । आसन्न निर्बाचनमा जनताले आँफूलाई मत दिएर जिताएमा नगरको कायापलट गर्ने उनले दावि गरे । शनिबार सम्पन्न वडा नं. ३,४ र ६ को घरदैलो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, क्षेत्रीय सभापति नारायण कोइराला समानुपातिक तर्फकि प्रदेससभा उमेदवार पार्वति गिरि,पार्वति सार्कि, वडाध्यक्ष एव्ां पार्टिका जिल्ला सचिव भुपेन्द्र खत्री,वडाध्यक्ष मोति कँडेल लगायत नगरस्तरीय पार्टि कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया