गुराँस न्युज । सुर्खेत, ९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका लािग सुर्खेत क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले आँफू राजनीतिमा होमिएदेखि नै निष्ठाको राजनीति गरेको र नेपाली जनताको आर्थिक सम्मृद्धिका लागि समर्पित रहेको बताएका छन् ।

शनिवार सुर्खेतको मेहलकुनाकोे बडाखोली र मैनतडाको शान्तिपुरमा आयोजित छुट्टाछुट्टै चुनावी आमसभालाई सम्बोधन गर्दैै खड्काले जनतालाई सुखी र समुन्नत बनाउन निरन्तर राजनीतिमा सक्रिय रहेको बताए । लोकतन्त्रको संस्थागत विकास गर्दै जनतालाई गास,बास,कपास,स्वास्थ,शिक्षा र रोजगारीको ग्यारेण्टी गर्न देशमा काँगे्रसको सरकार अपरिहार्य रहेको बताउँदै यसका लागि नेपाली काँगे्रसलाई जिताउनु पर्ने उल्लेख गरे । यो क्षेत्रमा भईरहेका भौतिक, आर्थिक, शैक्षिक तथा सामाजिक विकासलाइ निरन्तरता दिन पनि नेपाली काँगे्रसलाई जिताउन खड्काले जनतालाई आग्रह गरे ।

सडक सञ्जालको विकास गर्न आफूले प्रत्येक गाउँबाट सहायक मार्ग निर्माण गरि मूख्य सडकमा जोडेर यातायातको सुविधा सम्पन्न क्षेत्र बनाउने योजना बनाएको उनले बताए । छिन्चु घारीवन सडक निर्माण र यसको स्तर उन्नति तत्काल गरेर यहाँका जनतामा सडकको सहज पहूँच पु¥याउन पनि नेपाली काँगे्रसलाई जिताउन खडकाले आग्रह गरे । भेरी नदीमा पुलहाली भेरी किनारका भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगर पालिकालाई यो क्षेत्रकै समुन्नत र हरित शहरका रुपमा विकास गर्न पनि जनताले नेपाली काँगे्रसलाई मत दिनु पर्ने पूर्व गृह मन्त्री खड्काले बताए ।

उनले भेरी बेल्टको विकासगर्न सुर्खेत–बोटेचौर–दाङको पुरन्धारा जोड्ने सडकलाई पक्की गरी ६ नं. प्रदेशको विकासका लागि यसै क्षेत्रमा प्रादेशिक विमान स्थल निर्माण गर्न लागिएको बताए । भेरी करिडोर सिँचाइ आयोजना सम्पन्न भएपछि यो क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुने र कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्दै जनताको आर्थिक बृद्धिमा सहयोग पुग्ने खड्काको भनाइ थियो ।

मेहेलकुना बडाखोलिमा भएको कार्यक्रम गुर्भाकोट नगरपालिका ६ का वडाध्यक्ष दुर्गबहादुर नगालको अध्यक्षतामा भएको थियो । चुनावि सभामा जिल्ला समन्वय समितिका सदस्य बासुदेव शर्मा र गुर्भाकोट नगर पालिकाकि उपमेयर मैना विकले पनि नेपाली काँगे्रसलाइ जिताउन मतदाताहरुलाई अपिल गरेका थिए ।

यसैगरी मैनतडाको शान्तिपुरमा आयोजित चुनावी सभा वडा सभापति दलजीत रसाइलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द, समानुपातिक उम्मेदवार लोकबहादुर विश्वकर्मा, कांग्रेस जिल्ला सदस्य कुसे कामी, बलबहादुर वली र भेरीगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले पनि कांग्रेसलाई जिताउन मतदातासमक्ष आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया