फाइल फोटो ।

नेपालमा माक्र्सवादको वकालत गर्दै वाम–एकताको घोषणा गर्नु हाँस्यास्पद : नेता विमली 

तेह्रथुम, ९ मंसिर । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले पर्यटन र कृषि क्षेत्रबाटै जिल्लाको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । राज्यमन्त्री गुरुङले सम्भावित पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धन र आधुनिक कृषि प्रणालीको व्यवसायीकरण गरेर जिल्लाबासीको आर्थिक समृद्धिको सपना पुरा गर्न सकिने बताउनुभयो ।

शनिबार आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ राज्यमन्त्री गुरुङले यहाँ रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना, गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले संरक्षण क्षेत्र, विभिन्न धार्मिक स्थल, दर्जनौँ आकर्षक प्राकृतिक पोखरी, बन्न लागेको तमोर जलाशययुक्त आयोजना लगायत क्षेत्रहरुले प्रदेश नं. १ कै पर्यटकीय केन्द्र बन्न सक्ने सम्भावना बोकेको बताउनुभयो ।

मेची अन्चलका पर्यटकलाई तेह्रथुम तान्न मध्यपहाडी लोकमार्गले सहयोग पु¥याएको भन्दै राज्यमन्त्री गुरुङले सडकबाटै यहाँ उत्पादित विभिन्न कृषि उपजहरु बजारसम्म पु¥याउने माध्यम बनिरहेको धारणा राख्नुभयो । उहाँले अब जिल्लाका युवाहरुलाई आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक बन्न प्रोत्साहन गर्नुपर्ने बेलो आएको बताउनुभयो ।

‘हिजो फलेका कृषि उपज कुहिएर जान्थे, घरछेऊमै फल्ने ईस्कुसको उदाहरण दिँदै राज्यमन्त्री गुरुङले भन्नुभयो, ‘अब त्यस्ता कृषि उपजहरु सिधै बजार पु¥याउन सक्ने बातावरण बनेको छ, त्यसलाई व्यवसायीकरणको खाँचो छ ।’ राज्यमन्त्री गुरुङले कांग्रेसले युवाहरुलाई स्वरोजगार बनाउन दर्जनौँ कृषि अनुदान र युवा स्वरोजगारका नीतिहरु भित्राएको बताउनुभयो । तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार समेत रहनुभएकी राज्यमन्त्री गुरुङले आफुले संविधान सभामा रहँदा युवा र महिलाका मुद्धा विशेष जोड दिएर उठाएको समेत बताउनुभयो ।

फाइल तस्विर ।

राज्यमन्त्री गुरुङले आफुले दुई पटक समानुपातिक तर्फबाट सांसद भएपनि जिल्लाको विकास निर्माणमा कुनै कन्जुस्याँई नगरेको बरु प्रत्यक्ष निर्वाचित सांसदको भूमिका निष्क्रीय हुँदा कतिपय काम गर्न नसकेको बताउनुभयो । नेतृ गुरुङले तेह्रथुममा बामपन्थीले अढाई दशकसम्म शासन गरेको हेरिसकेको भन्दै अब जिल्लाको विकास र समृद्धि कांग्रेसको नेतृत्वमा हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पुर्वसांसद तथा कांग्रेस नेता गणेश विमलीले माक्र्सवाद विश्वबाटै लोप भइसकेको भन्दै नेपालमा माक्र्सवादको वकालत गर्दै वाम–एकताको घोषणा गर्नु हाँस्यास्पद भएको बताउनुभयो । नेता विमलीले जिल्लाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसका शिक्षित, विद्धान र सक्षम युवा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले लोकतन्त्रको रक्षा गर्दै नयाँ संविधानको कार्यान्वयन र आर्थिक समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने बताउनुभयो । उहाँले विगतदेखि वर्तमानसम्म मुलुकमा भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै अब पुनः जनताले आफ्नो जनजीविकाको रक्षा गर्न कांग्रेसलाई जिताउने बेला आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया