बसन्तपुर, ९ मंसिर । नेपाली कांग्रेसले लालीगुराँस नगरपालिकामा पनि चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । नगर सभापति अर्जुन माबोहाङ सहित नगरस्तरका नेताहरुले नगर क्षेत्रमा चुनाव प्रचार पं्रसारलाई तिव्रता दिएका हुन् ।

शनिबार लालीगुराँस नगरपालिकाको सुङनाममा भएको भेलाले तेह्रथुमको विकास र आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताउन आग्रह गरेको छ । भेलाले नगरस्तरमा व्यापक चुनाव प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

यस्तै लालीगुराँस नगरपालिका–८, सोल्मामा भएको कांग्रेस कार्यकर्ताहरुको भेलाले वडास्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । भेलाले दयाराम खनालको संयोजकत्वमा ५१ सदस्यीय वडास्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको हो ।

तपाईको प्रतिक्रिया