रोल्पा, ९ मंसिर ।  रोल्पा नगरपालिका –१ को तारा मावि बामरुक मतदान केन्द्र महिलाहरुले मात्र सञ्चालन गरेका छन् । मतदान केन्द्रमा १० जना कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै रहेको मतदान अधिकृत लोकेन्द्रा आचार्यले बताउनुभयो ।
आफू अहिलेसम्म ५ वटा चुनावमा सहभागी भएको र त्यसमा पनि २ पटक महिलाको मात्र नेतृत्व गरी मतदान कार्य सम्पन्न गरेको अनुभव भएकाले यस पटक पनि सम्पन्न गर्नेमा ढुक्क रहेको मतदान अधिकृत आचार्यले बताउनुभयो ।
महिलाहरुलाई पनि नेतृत्वको जिम्मेवारी दिएमा पूरा गर्न सकिने यो एक उदाहरण भएको समेत उहाँको भनाई छ । यस मतदान केन्द्रमा ७ सय ४१ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया