मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

डेविड मोयसको प्रशिक्षणमा घरेलु मैदानमा खेलेको वेष्ट ह्यामले लेस्टर सिटीलाई १–१ को बराबरी रोकेको हो । आठौं मिनेटमा मार्क अलब्राइटनको गोलबाट लेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो ।

तर ४५ औं मिनेटमा केइकाउ कुयाटीले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र दुवै टिमले एक एक अंक बाँड्न बाध्य भए ।

बराबरीपछि रेलिगेशन जोनमा रहेको वेष्ट ह्यामको १३ खेलबाट १० अंक भएको छ । ११ औं स्थानमा रहेको लेस्टर सिटीको १३ खेलबाट १४ अंक भएको छ ।

 

तपाईको प्रतिक्रिया