सुनसरी, ९ मंसिर । नेपाली काङग्रेसका नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री गच्छदारले काङग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन सक्ने दाबी गर्नुभयो । मन्त्री गच्छदारले लोकतन्त्रसंगै जारी भएको संविधान कार्यान्वन गर्नका लागि काँग्रेसलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

सुनसरी क्षेत्र नम्वर ३ का नेपाली काग्रेसका तर्फबाट प्रतिनिधि सभाका उमेदवार समेत रहनुभएका मन्त्री गच्छदारले काङग्रेसको विजयबाट सम्पूर्ण जनता लाभान्वित हुने भएकाले रुख चिन्हमा मतदान गरी काग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

मन्त्री गच्छदारले नेपाली काङग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तनको काम सम्पन्न भएकाले अव संविधान कार्यान्वन गरी आर्थिक क्रान्ति सम्पन्न गर्न काङग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

वहाँले अहिलेको संविधानले सबैको अधिकार सुनिश्चत गरेका कारण अव त्यसलाई मुर्त रुप दिनका लागि काङग्रेसलाई अत्याधिक बहुमत दिएर बिजयी गराउन सो क्षेत्रका मतदातालाई आग्रह गर्नुभयो ।

काङग्रेसको नेतृत्वमा आएको संविधानको सफल कार्यान्वयनको लागि कांग्रेसकै काङग्रेसकै बहुमत आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया