प्रतिकात्मक तस्विर ।

 

दिगो कृषि प्रणाली अपनाउन प्रोत्साहन गरिरहेका छौंः अध्यक्ष तिगेला,

प्रकाश पाक्साँवा,

शुक्रबारे (तेह्रथुम) । कृषि नै मुख्य पेशा हो किसानहरुका लागि । जिउँने पहिलो आधार नै यही हो । बिहान बेलुकी किसानको चुल्होमा आफैंले उब्जाएको अन्न पाक्छ, आफ्नै श्रम र पसिना पाक्छ । अझैपनि ग्रामीण भेगका किसानहरुले खाद्यान्नबाली उत्पादनमै जोड दिएका छन् । व्यवसायिक र नगदेबाली तथा आधुनिक सीप र प्रविधि किसानसम्म पुगेको छैन ।

सरकारले कृषि क्षेत्रकालागि ठूलो बजेट खर्च गर्दै आएको छ । तर, किसानले भने आफुले लगाएको बालीमा लाग्ने सामान्य रोग किराको औषधोपचार समेत गर्न सकेका छैनन् । औषधी र उपचार प्रविधि थाहा नहुँदा र लगानी गर्ने बजेटको खाँचो हुँदा किसानलाई हैरानी छ ।

कहिले खडेरी, त कहिले वन्यजन्तुको हैरानीले आजित छन् किसानहरु । छथर गाउँपालिकाका किसानहरु पनि यो समस्याबाट टाढा छैनन् । तीन बर्षदेखि लगातार खडेरीले आक्रान्त बनेका यहाँका किसानलाई यसबर्ष फेरि अर्काै समस्या थपिएको छ ।

वनजंगलसँग जोडिएका बस्तीहरुमा जंगली जनावारहरुले बर्षाैदेखि हैरानी दिएका छन् । अन्नबाली खेतीको सुरुवातमै यसबर्ष फौजी किराले सताउन थालेपछि झनै पिरलो थपिएको छ । खडेरीले सुख्खाग्रस्त क्षेत्रमा अन्नबाली सखाप भइरहँदा यसबर्ष पानी परेता पनि फौजी किराको प्रकोपले सताएको छथर गाउँपालिका–२ का किसान मनबहादुर खड्का बताउँछन् । भन्छन्, ‘यो बर्ष पानी त प¥यो, अन्नबाली उत्पादन हुन्छ होला भन्ने आशा थियो, तर मकैका बोट हुर्किनु अगावै फौजी किराले सखापै पारिसक्यो ।’

किसानको समस्या सामाधनमा स्थानीय सरकारले फौजी किराको नाममा औषधी प्रयाप्त मात्र नदिएकोले सरकारको बिश्वास घटेको किसानहरु बताउँछन् । समस्यामा समाधान गर्छन् भनेर चुनिएका जनप्रतिनिधिले समस्या सामाधान गर्न नसकेको गुनासो उनीहरुको छ ।

बर्षाैदेखि वन्यजन्तुले अन्नबाली सखाप पारिरहँदा स्थानीय सरकारको कुनै योजना नै ल्याएको स्थानीय भिमबहादुर थापा बताउँछन् । जिल्लाको सुख्खाग्रस्त क्षेत्रहरुमा विगत तिनबर्ष देखी खडेरीले आक्रान्त हुँदा खाद्यन्य संकट हुन थालेको छ । यहाँका नागरिकहरुलाई भोगमारीको चिन्ता छ । घरपालुवा जनावारहरुलाई दिने अन्न नहुँदा महंगो मुल्यमा किनेर टाढाबाट ल्याउनु पर्ने अबश्था छ । आर्थीक रुपमा केही सम्पन्न नागरिकहरुले त अन्न किनेर दिन्छन् । आर्थीक रुपमा एकदमै बिपन्न परिवारका नागरिकहरुको समस्या अझै जटिल बन्दै गएको छ ।

बिश्व कोरोनाका कारण आक्रान्त छ । आर्थीक अर्थतन्त्र गिर्दाे अबश्थामा छ । गाउँमा मेला पर्म जाने अबश्था कम हुँदै जाँदा नागरिकहरुलाइ बिहान बेलुकी छाक टार्नै समस्या हुन थालेको छ । छथर गाउँपालिकाले बर्षेनी महत्वकांक्षी योजनाहरु सार्वजानिक गर्छ । केही टाठाबाठाहरुले मात्र पाउने गरेको र यहाँका वास्तविक पिडीत नागरिकहरुको हातमा भने कमै योजनाहरु पुग्ने गरेको स्थानीय रेवत पारघारीले बताए ।

दिगो कृषि प्रणाली अपनाउन प्रोत्साहन गरिरहेका छौंः अध्यक्ष तिगेला

छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले भने वन्यजन्तु र खडेरी पीडित किसानका समस्या सम्बोधन भइसकेको दाबी गर्छन् ।

‘किसानले खडेरीका कारण बिउ समेत जोगाउन सकेका थिएनन्, हामीले मकै बिउ वितरण ग¥यौं, सुख्खाग्रस्त केन्द्रित कृषी योजना तथा खानेपानी र सिचाँईका कार्यक्रमहरु अघि बढाइएको छ,’ अध्यक्ष तिगेलाले भने, ‘दिगो कृषि प्रणाली अपनाउन किसानकालागि थुपै्र कार्यक्रमहरु अघि सारेका छौं ।’ गाउँपालिकाले प्लाष्टिक पोखरी बितरण, गाउँपालिका अध्यक्ष एकटोल एक उत्पादन कार्यक्रम जस्ता नयाँ कार्यक्रम थालेको छ ।

एक टोल एक उत्पादन कार्यक्रमको दोश्रो चरणमा प्रवेश गरिसकेको अध्यक्ष तिगेलाले बताए । तर, लकडाउनका कारण प्रभावित भएको उनको भनाइ छ ।

वन्यजन्तुको समस्यालाई अल्पकालिन भन्दा पनि दिर्घकालिन समस्या समाधानको खोजीमा स्थानीय सरकार जुटेको उनले बताए । फौजी किराको प्रकोप घटाउन गाउँपालिकलो निःशुल्क विषादी वितरण गर्दै आएको अध्यक्ष तिगेलाले बताए ।

 

जिल्लैभरि फौजी किराको प्रकोप

जिल्लाका अधिकांश गाउँमा फौजी किराको प्रकोप फैलिएको छ । लालीगुराँस नगरपालिका, म्याङलुङ नगरपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकाका विभिन्न वडाहरुमा किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप फैलिएको छ ।

किसानले फौजी किराको प्रकोपबाट आजित भइसकेका छन् । मकैको बोटै नष्ट हुने गरेगरी फौजी किराले आक्रमण गरेको ओयाक्जुङका रुद्र भुजेलले जानकारी दिए । ‘लकडाउन छ, बजार पसल ठप्प छन्, किसानले औषधी किनेर लगाउन समेत पाएका छैनन्,’ उनले सुनाए । थोक्लुङ, सोल्मा, सुङ्नाम लगायत गाउँमा पनि फौजी किराको प्रकोपले किसानलाई बढी समस्या दिएको छ ।

तपाईको प्रतिक्रिया