काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले न्युन श्रोतसाधनका बीच नगरपालिकाको विकासमा सबैसँग सहकार्य र साझेदारी गर्दै काम गरिरहेको बताएका छन् ।

नगरपालिकाको मेयरका रुपमा निर्वाचित भएको तेश्रो वर्ष पूरा गरेर चौथो वर्ष प्रवेशको सन्दर्भमा मेयर श्रेष्ठले भनेका छन्, ‘तीन वर्षसम्म पनि एक पैसा भ्रष्टाचार गरिनँ, अब पनि गर्दिनँ, गर्न दिइदैन, गलत कुरामा अब पनि झुकिदैन ।’ मेयर श्रेष्ठले नगरपालिकामा निर्वाचनले दिएको परिणामका कारण सोचेअनुरुप काम गर्न नसकेपनि सबैलाई समेटेर अघि बढ्ने कोसिस गरिरहेको बताएका छन् ।

तीन वर्षको अवधिमा नगरपालिकाले मुर्त, अमूर्त सांस्कृतिक कला, सम्पदाको संरक्षण, जीर्णोद्धार र पुननिर्माण, नगरपालिकाको स्वास्थ्य सेवा र फोहोर व्यवस्थापनमा नमुना काम गरेको उनको दाबी छ । मेयर श्रेष्ठले भने, ‘सांस्कृतिक क्षेत्रमा मुर्त र अमुर्त सम्पदा संरक्षणमा मुख्य कामहरु गरिएको छ । ४५ वर्षदेखि प्रदर्शनमा आउन नसकेको लाकु भैरव, २३ वर्षदेखि प्रदर्शनमा आउन नसकेको महाकाली नाच, अष्टमातृका नाच लगायत धेरै अमूर्त कला संस्कृतिको संरक्षणको सुरुवात भएको छ ।’

उनले बालकुमारी, सिद्धिकाली, सिद्धिगणेश र महालक्ष्मी मन्दिरहरुको जीर्णोद्धार र पुनर्निर्माण भएको बताए । यस्तै, लोप भइसकेको ढुंगेधारा, बाहा वही र पोखरीहरुको पुननिर्माण र जिर्णोद्धारको क्षेत्रमा पनिमा पनि राम्रो उपलब्धि हासिल भएको उनको भनाइ छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गरिरहेको श्रेष्ठको दाबी छ । ‘हामीले आफ्नै अस्पताल गरिरहेका छौं । कोरिया सरकारको सहयोगमा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेका छौं,’ मेयर श्रेष्ठले भने, ‘यसबाहेक नगर क्षेत्रको सडक, ढल निर्माण, सरफाई, फोहोर व्यवस्थापनका कामहरुमा निरन्तर काम भइरहेको छ । शिक्षा क्षेत्रको सुधारकालागि पनि काम भइरहेका छन् ।’

उनले जापानको रोटरी क्लबसँगको सहकार्यमा फोहोर व्यवस्थापनको काम थालिएको र निलवाराहीमा इकोपार्क निर्माण भएपछि फोहोर व्यवस्थापनमा नगरपालिका आत्मनिर्भर बन्ने बताए । कोरोना महामारीबाट बच्न र बचाउन पनि नगरपालिकाले विभिन्न काम गरिरहेको उनले बताए । नगरपालिकाले लकडाउनबाट पीडितलाई राहत र खाना वितरण गरेको छ । आवश्यकताअनुसार राहत वितरणको कामलाई अझैपनि निरन्तर गर्ने उनले बताए ।

नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा विकास गरेको छ । कोरोनाकैलागि एम्बुलेन्स, छुट्टै वार्ड र चिकित्सकको समूह समेत तयारी राखेको छ । यहाँ पीसीआर परीक्षण समेत भइरहेको छ । नगरपालिकाको विभिन्न प्रयासका कारण नगरपालिका क्षेत्र अहिलेसम्म कोरोनाको संक्रमणबाट मुक्त रहेको मेयर श्रेष्ठ दाबी गर्छन् ।

‘केही दिनअघि शंखधर चोकमा संक्रमण भएको देखियो, तर कन्ट्रयाक्ट टे«सिङबाट बाँकीको परीक्षण गर्दा संक्रमण भएको पाइएन, संक्रमित नर्स पनि ठिक भइसक्नुभयो,’ मेयर श्रेष्ठले भने, ‘यसबाट पनि मध्यपुरथिमि नगरपालिकाका बासिन्दाहरु सुरक्षित रहेको विश्वास मैले गरेको छु ।’ शंखधरमा संक्रमण देखिएपछि नगरपालिकाले लकडाउन कडाई गरेको थियो ।

अवस्था भयावह नरहेको स्पष्ट भएपछि लकडाउनलाई पुनः खुकुलो पारिएको उनले बताए । औषधी पसल लगायत अत्यावश्यक पसललाई २४ संै घण्टा सन्चालन र बैंक तथा वित्तीय संस्थालाई आवश्यकताअनुसार व्यवस्थापन गरी सेवा प्रवाह गर्न आग्रह गरिएको उनले बताए । कोरियामैत्री अस्पतालमा पाँच भेन्टिलेटर, पाँच आइसीयु र २१ वेडको आइसोलेसनसहितको सेवा तयार रहेको बताए ।

७४१ को पीसीआर रिपोर्ट नेगेटिभ

नेपाल कोरियामैत्री अस्पतालले सन्चालन गरेको ल्याबबाट अहिलेसम्म सात सय ४१ जनाको कोरोना परीक्षण भएको छ । नगरपालिकाले २१ जना प्रदेश सांसद, दुई जना मेयर, दुई जना उपमेयर, १६ जना वडाध्यक्ष, कर्मचारी, स्वयम्सेवक, सञ्चारकर्मी, व्यवसायीसहित लकडाउनका बेलासमेत २४ सैं घण्टा सेवामा खटिएकाहरु र जोखिममा रहेकाहरुको निःशुल्क कोरोना परीक्षण गरेको छ । अहिलेसम्म परीक्षण गरिएका ७ सय ४१ जनामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको मेयर श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ।  कोरियामैत्री अस्पतालमा कोरोना परीक्षण, मेयर श्रेष्ठ भन्छन्, ‘स्वीकृति नदिने नियत देखियो’

कोरियामैत्री अस्पताललाई तीन सय बेड बनाइने

मेयर श्रेष्ठले कोरियामैत्री अस्पताललाई तीन सय वेड क्षमताको विस्तार गर्ने तयारी भइरहेको बताएका छन् । ‘अस्पतालमा कोरियाबाट अहिले पनि सहयोग निरन्तर छ,’ उनले भने, ‘हालैमात्र अपरेसन थिएटरकालागि दुई करोडको सामाग्री सहयोगमा प्राप्त ग¥यौं । अब पुनः अस्पताललाई तीन सय वेड क्षमतामा विस्तार गर्ने तयारी गरिरहेका छौं ।’ उनकाअनुसार वेड क्षमता बढाउनकालागि सम्झौताको चरणमा रहेको छ ।

Posted by Rishi Shrestha on Saturday, May 23, 2020

तपाईको प्रतिक्रिया