गुराँस न्युज । फेदाप (तेह्रथुम), ८ मंसिर । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको सिद्धकाली माविको ६७ औं वार्षिक उत्सव तथा अविभावक भेला शुक्रबार सकिएको छ । दिवसको दोश्रो दिन भएको वडास्तरीय अन्तर आधारभुत विद्यालय हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण वोर्डिङ स्कुल प्रथम, पाथिभरा आधारभुत विद्यालय दोस्रो र सिद्धकाली आधारभुत विद्यालय तेस्रो भएका छन् ।
हाजिरी जवाफ प्रतियोगितामा सहभागी वडाका ९ वटै विद्यालयलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । यस्तै महिला अविभावकका लागि आयोजित म्युजिकल चेयरमा कविता दुलाल पहिलो, रेनुका दुलाल दोस्रो र तेस्रो सुन्दरा दुलाल हुनुभएको छ ।
अविभावक पुरुषका लागि आयोजित दौड प्रतियोगितामा उमेश लिम्वु प्रथम, हरिप्रसाद ढकाल दोस्रो र होम वहादुर रेग्मी तेस्रो हुनुभएको छ । दिवस स्रोत व्यक्ति लक्ष्मिप्रसाद दुलालको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्विका प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न भएको हो । दिवसको अवसरमा निर्वाचित वडा प्रतिनिधिहरुलाई समेत सम्मान समेत गरिएको छ ।