गुराँस न्युज । संखुवासभा, ८ मंसिर । संखुवासभामा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मृत्यु भएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि संखुवासभाको मादी नगरपालिका–८ स्थित सरस्वती मावि मतदान केन्द्रमा खटाइएका आनन्दराज गुरुङ्गको हृदयघातका कारण मृत्यु भएको हो ।

मादी नगरपालिका कार्यालयको सामाजिक परिचालकको रुपमा रहेका गुरुङ्ग निर्वाचन केन्द्र नजिकै बिहिबार अपरान्ह ४ः३० बजे अचानक लडेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

गुरुङको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि शुक्रबारै अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया