तेह्रथुम, ८ मंसिर । तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा शुक्रबार भएको तरुणहरुको भेलाले मंसिर २१ गते हुन लागेको निर्वाचनबाट युवा उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गरेको छ ।

नेपाल तरुण दलको भेलामा सहभागी तरुणहरुले प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यमा नेपाली कांग्रेसका शिक्षित, सक्षम र वौद्धिक युवा उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताएका हुन् । भेलाले चुनाव प्रचार प्रसारलाई तीब्र बनाउन तरुण दलका जिल्ला उपाध्यक्ष सुजन कुरुम्बाङको अध्यक्षतामा ५७ सदस्यीय फेदाप गाउँपालिका स्तरीय नेपाल तरुण दल चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रुद्रप्रसाद ढकाल, कमल बुढाथोकी, भेषराज लिम्बु, लक्ष्मी निङ्लेकु, रमेश कुरुम्बाङ र सुरेश फोम्बो रहनुभएको छ । यस्तै सचिवमा राधाकृष्ण कट्टेल र बलिन्द्र तामाङ चयन हुनुभएको छ । भेला नेपाली कांग्रेस फेदाप गाउँपालिका सभापति पशुपति भट्टराई लगायत कांग्रेस नेताहरको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया