तेह्रथुम, ८ मंसिर । तेह्रथुममा जन्मिएर हाल हङकङमा कार्यरत रहेका बिष्णुकुमार ईङनाम केही वर्ष यता नेपाली सांगीतिक क्षेत्रमा समेत सक्रिय नाम हो । ईङनामले शनिबार आफ्नो पहिलो गीति एल्बम ‘यो जीवन’ सार्वजनिक गर्दैछन् । उनको एकल शब्द रहेका गीतहरु समावेश गरिएका एल्वममा दिपक लिम्बु, मिलन अमात्य, रजिना रिमाल लगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । छ वटा म्युजिक भिडियो रहेको इङनामको पहिलो एल्बम बजारमा आउन लागेको हो ।

एल्बममा ‘नाता तोड्यौ’, ‘यो माया हो’, ‘यहि हो मेरो तेह्रथुम जिल्ला’, ‘पहाडकी रानी’, ‘चासोक तङनाम’, ‘पहिलो भेटमा देखे तिमीलाई’ र ‘यो जिवन तिमी बिना अधुरो’ बोलका गीतहरु समावेश छन् । यसअघि नै युबटुवमा सार्वजनिक भएको ईङनामको यही हो मेरो तेह्रथुम जिल्ला बोलको गीतले जिल्लामा निकै चर्चा कमाएको थियो । सो गीतको म्युजिक भिडियो समेत जिल्लामै बनेको छ । एल्बममा समावेश भएकामध्ये पहिलो भेटमा देखेँ तिमीलाई, पहाडकी रानी, यो जिवन तिमी बिना अधुरो गीतका म्युजिक भिडियो समेत तयार भइसकेका छन् । भिडियोमा गीतकार बिष्णु कुमार ईङनाम, रेखा फागो, पत्रकार टिआर सेनेहाङ, मीना मादेनको बेजोड अभिनय छ ।

जीवनका उतार चडावलाई समेटेर यसका बिषेशता बोकेका छ वटा गीतहरु तयार गरि ‘यो जीवन’ नाम दिएर गीतकार ईङनामले दर्शक श्रोतामाझ पहिलोपल्ट आफ्नो एकल प्रयासमा एल्वम प्रस्तुत गरेका हुन् । उक्त गीतहरुमा माया प्रेमको भावलाई समेट्दै, आफ्नो जिल्लाको चिनारी तथा लिम्बु संस्कार संस्कृति लगायतको भाव झल्कने शब्दहरुको रचना रहेको गीतकार ईङनामले बताएका छन् ।

गीत लेखनसँगै मोडलिङमा पनि सक्रिय उनले एल्वममा समावेश गीतहरु मध्य चार वटामा आफैले मोडलिङ गरेका छन् भने बाकी निर्माण हुने दुई वटा गीतमा भने अन्य कलाकारहरुलाई देख्न सकिनेछ । तेह्रथुमको आठराई गाउँपालिका–४, ईवा पुख्र्यौली घर भएका ईङनाम हाल झापाको गौरादहका स्थायी बासिन्दा हुन् । उनी हाल हङकङमा कार्यरत छन् । परदेशमा बसेपनि स्वदेशको माया र प्रेम झल्कने शब्द ईङनामले लेखेका गीतमा पाइन्छ ।

र यो चाँहि इङनामको अाफ्नै च्यानल ।

 

तपाईको प्रतिक्रिया