बाँके, ८ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउन बाँकेका विभिन्न ठाउँमा घरदैलो अभियान तीव्र रुपमा बढेको छ ।
शुक्रबार बिहान लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ अन्र्तगत कोहलपुर नगरपािलकाको वडा नम्बर ६ रझेनामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री र प्रदेश सभा ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेल, नेपाली काँगे्रेस र राप्रपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरु सहभागी हुनुभएको थियो ।
यस्तै प्रदेश सभा–१ ‘क’ का उम्मेदवार सरदचन्द्र बर्माले बिहान नरैनापुरका विभिन्न गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।
यस्तै क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनले कम्दी, पुरैनी र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा बिहान घरदैलो गरेको छ ।
कम्दी र पुरैनीमा गरिएको घरदैलोमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापती, राप्रपा र नेपाली काँग्रेसका नेता, कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।
यता नेपालगन्ज–११ मा भएको घरदैलोमा प्रतिनिधि सभा–२ का उम्मेदवार आजाद, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल सहभागी हुनुहुन्थ्यो ।
घरदैलोका क्रममा उम्मेदवारहरुले लोकतन्त्रको रक्षा ,विकास र समृद्धिका लागी भोट दिन आग्रह गर्नुभएको थियो ।
उता क्षेत्र नम्बर ३ मा पनि लोकतान्त्रिक गठबन्धनले बिहान विभिन्न ठाउँमा घरदैलो गरेको छ ।
प्रतिनिधि सभा–३ का उम्मेदवार बादसाह कुर्मी, प्रदेश सभा–३‘क’ का चन्तराम थारु र प्रदेश सभा–३ ‘ख’ उम्मेदवार लक्ष्मीनारायण शाह पनि क्षेत्रक्षेत्रका घरदैलो अभियानमा व्यस्त भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।