फिदिम, ८ मंसिर । बजार सुनिश्चित नभए पनि पाँचथरका किसान विभिन्न खाद्य तथा नगदे बालीको व्यावसायिक खेती गर्न अभ्यस्त हँुदैगएका छन् । यहीँ जिल्लाको हकमा अर्गानिक अर्थोडक्स चिया उत्पादन गरे यसको बजार सुनिश्चित छ तर यसतर्फ भने किसानको आकर्षण अत्यन्तै न्यून छ । विश्व बजारमा अपरिहार्य दैनिक उपभोग्य पेय खाद्यको रूपमा उपभोग गर्ने चलनको वृद्धिसँगै सवैभन्दा बढी बिक्ने वस्तु चिया मानिन्छ । स्वास्थ्यवद्र्धक अर्गानिक चियाको माग त झन् बढी नै हुने भयो ।
पाँचथरबाट निकासी हुने अदुवा, अकबरे, अलैँची, तरकारी लगायत धेरै कृषि उपजले बेलाबेला बजार नपाउने तथा कम मूल्य पाउने समस्या छ । यसबाट किसानले व्यापक घाटासमेत खेप्नेगरेका छन् । यस्तो अवस्था अर्गानिक अर्थोडक्स चियाले भोग्नुपरेको छैन, बरु यसको माग र मूल्य विश्व बजारमा फराकिलो र उच्च बन्दैगएको देखिएको छ । पाँचथरमा उत्पादन हुने अर्थोडक्स चिया नासाले अर्गानिकका रूपमा प्रमाणीकरण गरिदिएको छ ।
यसले गर्दा पनि यहाँको चियाले देश विदेशमा महìव पाइरहेको बताइएको छ । यद्यपि यसको आपूर्ति भने धेरै न्यून रहेको देखिन्छ । विश्व बजारमा माग भइरहेको अर्गानिक चियाको आपूर्ति एक प्रतिशतले मात्र भइरहेको व्यवसायीहरुको धारणा छ ।