सडकमा विच्छाएर राखिएको बालटिन बम बिस्फोट भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन । उनका अनुसार बिस्फोटबाट एक जना पैदलयात्रीलाई सामान्य चोट लागेको छ ।
गुड्दै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको प्रत्यक्षदर्सी एवं वेलाहारावेसीका ब्यापारी ठहरबहादुर विश्वकर्माले संगालोखबरलाई बताएका छन । ‘वेलाहारावेसीबाट साप्तिङटार तर्फ जाँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ ।’ विश्वकर्माले भने ‘गाडी कटिसकेपछि विस्फोट भएकाले गाडी जोगियो ।’
विरामी लिएर जाँदै गरेको गाडी भन्दा करिव १० मिटर नजिक बिस्फोट भएको उनले बताएका छन । उद्योग मन्त्री एवं धनकुटाबाट लोकतान्त्रिक गठबन्धनको तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापा चुनावी अभियानका क्रममा साप्तिङटारमा थिए । थापा हिजो नै साप्टिङटार पुगेका हुन ।
थापा सवार गाडी भनेर बिस्फोट गराइएको हुनसक्ने चुनावी अभियानमा खटिएका राप्रपाका असित थापाले बताएका छन ।