जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी खाद्यन्नको रुपमा लिन्छन् । यस मध्ये पनि जौ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । यसको सेवनले मानिस सँग रोग प्रतिरोधि क्षमताको बृद्धि गर्ने,पाचनप्रणालिमा सुधार हुने, शक्तिबद्र्धकको रुपमा काम गर्ने जस्ता विभिन्न चामत्कारिक फाइदाहरु रहेका छन् ।
जौ को जमरा बनाउने विधि
जौको जमरा उर्मादा यसलाई घाम नर्छिने अध्यारो कोठाको आवश्यकता पर्दछ । जसमा राम्रो मल भएको धुलो माटो ४ इन्च जति बाक्लो हुनेगरी बर्गाकार वा आयताकार भाँडामा राखी सो माटो माथि ठिक्क बाक्लो हुनेगरी जौ को दानाहरु छर्नुपर्दछ र माथिबाट माटोले छोपि हल्का पानिले छम्पनुपर्दछ । यसरी जौ को जमरा राखेको ६ दिन जति पछि वा जमरा ७ देखी ८ इन्चको भएपनि यसलाई कैचीले काटेर यसको जुस तयार गरी सेवन गर्न सकिन्छ ।

जौ जमराको जुस सेवनबाट हुने १५ फाइदा
यसको सेवनले शरिरको अनावश्यक कोल्स्टोल कम गर्छ
रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ
शरिर सुनिने समस्या कम गर्छ
पाचनशक्ति मज्बुत बनाउँछ
छालालाई स्वस्थकर बनाउँछ
मोटोपना कम गर्न मद्यत गर्छ
माइग्रेन टाउको टुखाइ कम गर्छ ,
क्यान्सर सँग लड्ने क्षमताको विकास गर्छ,
पाचन शक्ति बढाउँछ,
बुढ्यौली देखिन कम गर्छ,
शरिरमा हुने विभिन्न टक्सिकलाई कम गर्छ,
ग्यास्टिकको समस्यामा राहत दिन्छ,
रातो रक्तकोष बढाउन मद्यत गर्छ

तपाईको प्रतिक्रिया