रोशन पोखरेल
काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिक गीत संगीतहरु लोप हुँदै गएको अवस्थामा संयोग म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा “रुन चाहन्छु ” बोलको गीतको भिडियो आज बाट सार्बजनिक गरेको छ । निकै प्रतिभावान कलाकारहरु दामोदर भण्डारी र नविना घिसिङको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको गितमा दामोदर र नविना कै रहेको छ ।
आफुले माया गरेको प्रेमिकासगँ सदाको लागी विदाईको हात अगाडि बढाउनुपर्दाको अवस्थालाई चित्रण गरिएको छ । विछोड हुदाको अवस्थामा आफनी प्रेमीकाले अर्कैको सिउदो लगाउन समयले बाध्य गराउदा प्रेमिले भिडियोमा आत्महत्या गरेको भिडियोमा मौलिक पनमा वियोगान्त भावहरुलाई समेटिने कोसिस गरिएको छ । भोली बाट अर्काेकै हुन लागेकी मायालुलाई केवल एक पलको लागी भएपनि आफनै काखमा राखेर कुरा गर्न गायक ले चाहेका छन । आफनी प्रेमिकालाई भुल्न नसक्ने अवस्थाको क्षणलाई चित्रण गरिएको छ ।
दामोदर भण्डारीको मौलिक शब्द सृजना तथा रोशन गौरेको संगित संयोजनमा यस गीतको म्युजिक भिडियोलाई पनि निकै आकर्षक ढंगले तयार पारिएको छ । भिडियोमा इच्छाराम र गायिका नविनाको जिवन्त अभिनय देख्न सकिन्छ । “रुन चाहन्छु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।
गीत यता हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया