रत्ननगर (चितवन), ७ मंसिर । नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटीले मुलुकको विकासको लागि नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ ।
चितवनको क्षेत्र नं १ अन्तरगत चुनावी अभियानमा उहाँले सो कुरा बताउनुभएको हो । नेका उम्मेद्वार बुर्लाकोटी र प्रदेश(ख)का उम्मेद्वार उत्तम आचार्य रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुको घरदैलो कार्यक्रममा हुनुहुन्छ ।
चुनावी अभियान अन्तरगत आयोजित कोणसभामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाएर स्थानीयलाई सुरक्षित पार्ने योजना सुनाउनुभयो । उहाँले रत्ननगर अस्पतालको स्तर उन्नति संगै पूर्वी चितवनका महिला र बाल अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्वी चितवनका जनतालाई बाढीबाट जोगाउन कयर,राप्ती र खगेरी खोलामा बलियो तटबन्धन निर्माण गरिने बताउनुभयो ।
चुनावी प्रचारका कोणसभामा प्रदेश (ख) का उम्मेदवार उत्तम आचार्यले काँग्रेसले निर्वाचन जिते सुकुमवासीलाई जग्गा उपलब्ध गराएर लालपूर्जा वितरण गरी यो समस्या सधैंका लागि अन्त्य गर्ने बताउनुभयो ।उहाँले कांग्रेसले बहुमत हासिल गरे सुकुमवासीलाई लालपूर्जा वितरण गर्ने काम रत्ननगरबाटै शुरु गर्ने बताउनुभयो।
२०५० सालमा कुमरोज,झुवानी र सिसानीबाट बाढी पीडितलाई स्थानान्तरण गरिएकोल नेपाली काँग्रेसकै नेतृत्वमा लालपूर्जा वितरण हुने उहाँले स्पष्ट पार्नुभयो ।
क्षेत्र नं १ को घरदैलो अभियानमा क्षेत्रीय समिति संयोजक कुमार कार्की,नगर सभापति रुपनराज घिमिरे,जिल्ला प्रबक्ता निता ढकाल,जिल्ला सहसचिव सूर्य अर्याल लगायत महासमिति सदस्य,भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी र सयौं कार्यकर्ता एवम् शुभेच्छुकहरुकोे सहभागिता रहेको थियो ।
जिल्ला सभापतिको अभियानले लियो गति
नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ को प्रचार प्रसार अभियानले गति लिएको छ ।
कांग्रेसले मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा घर दैलो तथा चुनाबि सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले नेपाली कांग्रेस विजयी बनेपछि कबिलासको मुहार फेरिने बताउनु भएको छ ।
उहाँले काँग्रेसले जितेमा मात्र देशमा शान्ति, विकास र समृद्धि हुने बताउनु भयो ।
उहाँले देशका हरेक आन्दोलनमा काँग्रेसको महत्वपूर्ण योगदान रहेको बताउँदै २०६३ सालको संबिधान सभाको निर्वाचनमा बाम शक्तिको बहुमत हुँदा संबिधान बन्न नसकेको तर २०७० सालको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुदाँ संबिधान जारी भएको बताउनु भयो ।
उहाँले वामपन्थीहरु चिप्ला कुरा गरेर विपन्न जनतामाथि राजनीति गरिराख्ने हुनाले उनका पछि नलाग्न आग्रह गर्दै भन्नुभयो, जनतालाई र देशलाई धनी बनाउने पार्टी भनेको कांग्रस मात्र हो ।
एमाले र माओवादी कार्यकर्ता काँग्रेसमा
निर्वाचनको संघारमा भरतपुर महानगरपालिका वडा नम्बर २९ कबिलासमा माओवादीका नेता भरत गुरुङ , रण बहादुर गुरुङ र एमालेका युवा परिचालन समितिको सयोजक मधु गुरुङको नेतृत्वमा सयौं युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार नेपाली काँग्रेस चितवनले आयोजना गरेको चुनावी सभामा पार्टी प्रबेश गर्दै युवा परिचालन समितिका संयोजक मधु गुरुङ्ले जनतालाई विकास र समृद्धि चाहिएको र कम्युनिष्टहरुले जनतालाई झुक्याउने मात्र काम गरेकोले आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
कम्युनिष्टको किल्ला मानिने कबिलासमा काँग्रेस प्रबेश गरेपछि माओवादी पार्टी परित्याग गर्नुभएका स्थानीय नेता भरत गुरुङले कम्युनिष्ट पार्टी अहिले पारिवारिक रुपमा चलेकाले काँग्रेसमा प्रबेश गरेको बताउनु भयो । माओवादी केन्द्र बिचारबाट नभएर पारिवारिक घेराबाट चलेको आरोप लगाउदै जनताको मर्मलाई आतमसात गर्न नसक्ने नेताहरुका कारण कार्यकता सो पार्टी छोड्ने मनस्थितिमा पुगेको बताउनुभयो ।
माओवादी र एमालेका नेता तथा कार्यक्रतालाई पार्टीमा स्वागत गदनेपाली काँग्रेस चितवनका सभापति एबं चितवन क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार जितनारायण श्रेष्ठले जनताको शान्ति,समृद्धि र विकासको चाहनालाई नेपाली कांग्रेसले पूरा गर्ने बताउनुभयो ।