पोखराथोक (पाल्पा), ७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर २ पाल्पाका उम्म्ोदवार हरिप्रसाद नेपालले शान्ति ,सुशासन ,विकास र समृद्धिका लागि मुलुकमा नेपाली काँग्रेसको नेतृत्व आवश्यक भएकोले आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा बग्नासकाली गाउँपालिकाको चिर्तुङ्गधारा र पोखराथोकमा  आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा उम्मेद्वार नेपालले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले संविधान कार्यान्वयन, लोकतन्त्रको संस्थागत विकास  र आर्थिक समृद्धिको जनताको सपना नेपाली काँग्रेस विना संभव नभएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका समानुपातिक तर्फका उम्मेदवार तथा पार्टी सभापति विरबहादुर रानाले बाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था लिएर आउने हुदाँ त्यसतर्फ सचेत रहन मतदातालाई  आग्रह गर्नुभयो ।

कार्यक्रमा प्रदेश सभाका उम्मेदवार माधव नेपालले समग्र पाल्पाको विकास र पाल्पाली जनताको उन्नतिका लागी नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन मतदातालाई आग्रह गर्नुभयो ।

नेपाल महिला संघ केन्द्रीय सदस्य रमा पन्तले शान्ति समृद्धि र राजनैतिक स्थायित्वका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महासमिति सदस्य सुनीता अधिकारी, यमलाल तिमिल्सेना , जिल्ला सदस्य दिपक घिमिरे , जिल्ला सचिव झपेन्द्र गहिरे, नेपाल विद्यार्थी संघका जिल्ला सभापति कृष्ण आले, वडा सभापतिहरु प्रकाश नेपाल, टेकबहादुर राना लगायतले बोल्दै जनताको पक्षमा नेपाली काँगे्रस रहेकाले पार्टीका उम्मेदवारहरुलाई मत दिई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया