
सक्रान्तिबजार, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लिम्बुवान मन्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले अबको पाँच वर्षपछि हुने चुनावमा कांग्रेस, एमाले र माओवादी एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा रहने बताउनुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा भएको चुनावी सभामा बोल्दै लिङ्देनले त्यतिवेला कांग्रेस, एमाले र माओवादीको प्रतिष्पर्धी भएर दापसहितको खुकुरी उभिने धारणा राख्नुभयो । संघीयता आफुहरुले उठाएको मुद्धा रहेको भन्दै नेता लिङ्देनले अब पहिचान सहितको दश प्लस एक प्रदेश स्थापनाका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारहरुलाई विजयी गराउन आग्रंह गर्नुभयो ।
चुनावी सभामा केन्द्रीय उपाध्यक्ष कृष्ण तुम्बाहाम्फे, महासचिव संगम खनाल, केन्द्रीय सदस्य लक्ष्मी कन्दङवा, तेजु कन्दङवा, प्रतिनिधि सभाका उम्मेदवार शंकरमान लिम्बु, प्रदेश सभा–२ क्षेत्रका उम्मेदवार विष्णुकुमार चोङवाङ लगायत नेताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघीय लिम्बुवान मन्च आठराई गाउँपालिका कार्यसमितिका अध्यक्ष शेरबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको जिल्ला अध्यक्ष विजय निङ्लेकुले जानकारी दिनुभयो ।