
गुरुङ जिल्लाका मुख्य दलबाट बहुदल स्थापना पछि सरकारमा प्रतिनिधित्व गर्ने एक्ली नेतृ हुनुहुन्छ । महिला मात्रै आवद्ध सहकारीले राज्यमन्त्री गुरुङलाई जितको लागि अग्रिम शुभकामना समेत दिएको छ । साथै महिलाहरुले जिल्लाका सबै महिलालाई आफ्नो मतको सदुपयोग गरी राज्यमन्त्री गुरुङलाई विजयी गराउन आग्रह गरेका छन् । सम्मानपछि कार्यक्रममा बोल्दै राज्यमन्त्री गुरुङले सहकारीबाट अवको समृद्धि सम्भव भएको बताउनुभयो ।
उहाँले जिल्लाका महिलाको मूख्य समस्या भनेकै गरिबी र अशिक्षा भएको भन्दै त्यसको निदानका लागि सहकारी राम्रो माध्यम भएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगाना समेत सहभागी हुनुहुन्थ्यो । सम्मान कार्यक्रम सरस्वती महिला बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष उषा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।