तेह्रथुम, ७ मंसिर। आसन्न प्रतिनिधि र प्रदेश सभा चुनाव लक्षित प्रचार प्रसारकालागि म्याङलुङ्ग नगरपालिका स्तरीय नेपाल महिला संघ चुनाव प्रचार प्रसार समिति गठन भएको छ । संघकी जिल्ला अध्यक्ष बसन्ती गुरुङको सभापतित्वमा ५१ सदस्यीय नगरस्तरीय चुनाव प्रचार प्रसार समिति गठन भएको हो । समितिको उपसभापतिमा पार्वती गौतम, सचिवमा विमला नेपाल, सह–सचिवमा गंगा बर्देवा र कोषाध्यक्षमा चेवनकुमारी दाहाल रहनुभएको छ ।
यस्तै महिला संघका सबै वडाहरुमा वडास्तरीय नेपाल महिला संघ चुनाव प्रचार प्रसार समिति समेत बनेको छ । जसमा वडा नं. १ मा ललिता सुब्बा, वडा नं. २ मा गंगा वर्देवा, वडा नं. ३ मा भद्रमाया दाहाल, वडा नं. ४ मा कमला दाहाल, वडा नं. ५ मा खेमकुमारी लिम्बु, वडा नं. ६ मा खेमकुमारी गौतम, वडा नं. ७ मा कुमारी गुरुङ, वडा नं. ८ मा गिता लिम्बु, वडा नं. ९ मा हर्कमाया श्रेष्ठ र वडा नं. १० मा लक्ष्मी लिम्बु वडास्तरीय चुनाव प्रचार प्रसार समितिको संयोजक हुनुभएको छ ।
यस्तै फुलमाया तामाङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको संघकी जिल्ला अध्यक्ष गुरुङले बताउनुभयो । भेलाले जिल्लास्थित सम्पुर्ण महिलाअधिकारकर्मीहरु एक भएर महिला उम्मेदवारलाई विजयी गराउन समेत आव्हान गरेको छ ।