धनकुटा, ७ मंसिर । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साँगुरीगढी गाउँपालिकाका जनताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने उद्घोष गरेका छन् । साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आयोजना गरेको चुनावी सभामा सहभागी जनताले धनकुटाको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए ।

उनीहरुले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन, साँगुरीगढीको विकास र यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका हुन् । बुधबार साँगुरीगढी गाउँपालिकास्थित महाभारतको केरावारीमा आयोजित चुनावी सभामा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापाले साँगुरीगढी गाउँपालिकामा भएका पर्यटीय स्थाको विकासका लागि आफुले जस्तोसुकै काम गर्न तयार रहेको बताउनुभयो ।

उद्योगमन्त्री समेत रहनुभएका थापाले एमाले भित्रभित्रै कुहिएको आलु भइसकेको र जनताको बिश्वास गुमाइसकेकाले यो पटक धनकुटामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले लोकतानित्रक गठबन्धनप्रति जनताको विश्वास रहेकाले पनि लोकतान्त्रिक गठबन्धनमा जनताको आकर्षण बढेको बताउनुभयो । मन्त्री थापाले दोस्रो संविधान सभाको निर्वाचनमा आफुलाई एमाले र माओवादीले नै भोट दिएर जिताएकाले यो पटक पनि त्यसरी नै एमाले र माओवादीको मतले आफु विजयी हुने दावी गर्नुभयो ।

सो कार्यक्रममा प्रदेश नं क मा उम्मेदवार मनोहर नारायण श्रेष्ठले साँगुरी गढीको विकासका लागि यसअघि पनि र अहिले पनि लागि परेकाले लोकतान्त्रक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक शक्तिले जिते मात्र समग्र धनकुटाको विकास सम्भव भएको बताउनुभयो । सो अवसरमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बलबहादुर राई, नेपाली कांग्रेसका नेता अजितनारायण सिंह थापा, लोकतान्त्रिक गठबन्धनका प्रवक्ता तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, समानुपातिक उम्मेदवारहरु कमोड फागो, प्रमिला राई लगायतले लोकतान्त्रिक गठबन्धनले मात्र धनकुटालाई १ नम्वरको प्रदेशको राजधानी बनाउन सक्ने र धनकुटाको विकास र समृद्धि तथा स्वरोजगारको जग हाल्न सक्ने भएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई भोट लिई विजयी गराउन आग्रह गर्नुभयो । यसअघि मंगलबार लोकतान्त्रिक गठबन्धनले साँगुरी गढी गाउँपालिकाको बुढीमोरङ, फाक्सिव र भेडेटारको धारापानीमा छुट्टाछुट्टै चुनावी कार्यक्रम गरेका थिए ।

तपाईको प्रतिक्रिया