तेह्रथुम, ६ मंसिर । छथर गाउँपालिकामा अगुवा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवारे वजारमा भएको कार्यक्रममा नेपाली कँग्रेसका नेता तथा पुर्वसांसद तुलसी सुब्बाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने गरी खट्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा पूर्वसभापति राम नारायण ढुंगाना, महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, लालीगुराँस नगरापालिकाका मेयर अर्जुन मावुहाङ लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा छथर गाउँपालिका स्तरीय अगुवा कार्यकर्ताहरु सहभागी थिए । यस्तै आठराई गाउँ पालिकाको संक्रन्तिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भयो । भेलाले भोलानाथ काफ्लेको संयोजकत्वमा १०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

भेलामा नेपाली कँग्रेसका नेता गणेश विमली, प्रचार प्रसार संयोजक काफ्ले, तरुण दलका महेन्द्र विमली लगायतले मन्तव्य राख्नुभएको छ । यस्तै तरुण दलको गाउँ भेला आठराई गाउँपालिका वडा नं. ७ थोक्लुङमा सम्पन्न भएको छ । भेलामा चुनावी रणनीति र प्रचार प्रसारका सम्वन्धमा छलफल भएको छ ।

सोही अवसरमा रत्न तामाङको संयोजकत्वमा ३१ सदस्यीय तरुण दल चुनाव प्रचार प्रसा समिति गठन गरेको छ । भेलामा तरुण दल जिल्ला सहसचिव तथा आठराई गाउँपालिका स्तरीय तरुण दल संयोजक सुमन खापुङ, कांग्रेस युवा नेता हेमन्त गुरुङ, नेपाल विद्यार्थी संघका जिल्ला सचिव कृष्ण वास्कोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया