नेपाली कागं्रेस नेपालकोसबैभन्दा पुरानो त्यसमा पनी एउटा समाजवादी दल हो । अर्को शब्दमा भन्नपर्दा नेपालको राष्ट्रिताको संरक्षण र संबर्धन गर्दै प्रजातान्त्रीक समाजवाद स्थापना गर्ने सिंगो आन्दोलनको अर्को नाम हो नेपाली कागं्रेस, हो त्यही प्रजातान्त्रवादी अनी समाजबादी दलले जन्माएको एक हुनहार अनी इटहरीवासीका आस्थाका केन्द«बिन्दु हुन हेमकर्ण पौडेल । आज मैले पौडेलको नाम उच्चारण गरीरहदा कसैलाइ नौलो नहोला ।

सनसरी क्षेत्र नं २ क बाट प्रदेशसभा सदस्यमा चनावी मैदानमा ओर्लीरहेका बेला आज हरेकको नजर उनीमाथीनै परेको छ ।सादा जिवन उच्च बिचार राख्ने उनी कसैको दख हेर्न सक्दैनन् , हरेक लाइ उनी पार्टीभन्दा माथी उठेर निश्वार्थ भावनाले सहयोग गर्दछन् ,सायद यसैले इटहरीमा उनको क्रेज यती बढिसकेको छ की हरेकले आज दुख मा उनकैनाम लिइरहेका हन्छन् , हरेक युवा बर्गको ढुकढुकी बन्न सफल उनी टुहराको अबिभावक अनी कोख उजाडिएका आमाहरुका लागी सन्तानका अवतार बनेका छन् आज हेमकर्ण पौडेल ।

भर्खरै सम्पन्न भएको स्थानीयतहको चुनावमा उनले टिकट नपाउदा उर्लिएको तयो जनसागरले पनि इटहरीमा हेमकर्णको रुचावट प्रष्ट हुन्छ, वास्तवमा उनि इटहरीमा मात्र नभएर केन्द्रीयस्तरमा पनि साच्चै लोकप्रिय बन्न पुगेका छन् । २ कार्यकाल नगर सभापति भइसकेका उनि इटहरीमा मात्र नभएर सुनसरी भरीनै कांग्रेसको सबैभन्दा मुख्य आशाका केन्द्रविन्दु हुन पौडेल ।

आज हरेक क्षेत्रमा उनकै लोकप्रियताको चर्चा भईरहेको छ, नहोस पनि कसरी हरेकका दुखलाई नजिकैबाट नियालेर हेर्छन् उ िनगत साउन २७ गते आएको बाढीबाट घरवार विहिन वनी विचल्लीत अवस्थामा रहेका वाढी पीडीतलाई उनले नया जिवनदान दिएका छन् ,हरेक गरिबको झुपडिको पिडा बुझेका छन् । उनले इटहरीका हरेक समस्यालाई सुक्ष्म तरिकाले नियालेर त्यसको समाधान गरेरै छाड्ने उनको यो मानवतावादी अनी सकारात्मक सोचलाई वास्तवमै हामिले स्यलुट गर्नै पर्छ । हरेक दुख बुझ्दै,हरेकको घाउको मलम बन्दै, असहायको सहारा बन्न सफल भएका पौडेल जनताको अदालतमा आफ्नो हैसीयत वास्तवमै पारदर्शी बनाएका छन् ।

अहिले पूर्वमेयर सर्वध्वज सावा पौडेलका प्रतिस्पधी रहेका छन् । पूर्वमेयर भएतापनि सावालाई भन्दा कयौँ गुणाबढी जनताले पौडेललाई भरोसा गरेका छन् । सायद इटहरीवासिको दुखमा नजिकीएका कारण नै पौडेलले आज इटहरीवासीको मन जित्न सफल भएका छन् ।

पौडेल सँग प्रतिस्पर्धा गरिरहदा सावालाई वास्तवमै यो चुनाब फलामको चिउरा चपाएभन्दा कम छैन ।आजका जनताले परिवर्तन चहान्दा पुरातनवादि सोच अनि बिगतको जस्तो राजनैतिक प्रदुषणबाट उन्मुक्त हुन हरेक जनताले आज यूवानेताको आवस्यकता इटहरीमा देखी रहेका छन् , व्यवसायिक शिक्षा, स्वास्थ्य,रोजगार देखि लिएर हरेक क्षेत्रमा आज विकास हुन सकिरहेको छैन, वास्तवमै इटहरीलाई आज एउटा वलियो नेतृत्वको आवस्यकता छ,र त्यो सम्भव छ त मात्र हेमकर्ण पौडेलबाट ।

सत्यलाई सबैले स्वीकार गर्नै पर्छ , राम्रालाई राम्रा भन्न हिचकिचाउने हो भने हिजोको चुनावमा हामिले खसालेको मत खेरगएजस्तै फेरी पनी हाम्रो भोट वालुवामा पानीहाले सरह हुनेछ । त्यसैले हामीले यो पटकको भोट हाम्रा दुखमा साथी अनी बिश्वासका प्रतिमुर्ति ,संबृद्घ नेपालको दरीलो आधार अनी इटहरीको खम्वा हेमकर्ण पौडेललाइ दिन आबश्यक छ । बास्तबमै अब सुनसरी क्षेत्र नं २ मा नेपाली कांग्रेशको विजियीहुनबाट कुनै तागतले रोक्न सक्दैन ,यस्ता प्रभावशाली , अनी कर्तब्यनिष्ठ व्याक्तिको अगाडी अरुकुनै गठबन्धन टिक्न सक्दैन । धेरै पहिला देखिनै परीवर्तनको सपना देखेका इटहरीवासीको सपना अब पूरा हुनैपर्छ ।

हामीले अब पार्टीभन्दा दुईकदम माथि उठेर हाम्रैलागी इटहरीको मुहार फेर्न इटहरीवासीले पौडैललाई अमुल्य मत दिएर जिताउन अत्यावस्यक छ । बच्चादेखि वृद्ध वृद्धासम्म सबैले रुचाएका अनि विश्वास गरेका युवा नेताको हातमा अब इटहरीको नेतृत्व पर्न आवश्यक छ । इटहरीलाई अब संवृद्ध बनाउन इटहरीबासी अब सचेत हुने दिन आएको छ । सबैले सकरात्मक बाटो खनौ सबैले सजिलै हिड्न पाउने छन् ।

जनताले अब केहिगर्न सक्ने क्षमतावान र पहुच पुर्याउन सक्ने नेतृत्व आवश्यक भएको महसुस गर्नै पर्छ किनकी यो चुनाव हामीसंग मात्र नभएर हाम्रा सन्तान अनि पछाडीका पुस्ताको भविष्यसंग जोडीएको छ । एउटा असल व्यक्तित्व जसको नेतृत्वले प्रदेश नं. २ को मात्रै नभएर सम्पुर्ण इटहरीको नै कायापलट हुने छ । अन्त्यमा विपिको समाजवाद, किसुनजीको त्याग, गणेशमानको सर्मपण, सुवर्णशम्शेरको लगानी, गिरिजावावु को दृढता अनि इटहरीवासीका आसा भरोसा र विस्वासका अटल कल्पवृक्ष हेमकर्ण पौडेलले यो पटकको चुनावमा विजय हासील गर्नै पर्छ अन्यथा हाम्रो यो पटकको अमूल्य मत पनि पानीमा बगेर जानेमा कुनै दुईमत छैन ।
जय नेपाल ।

तपाईको प्रतिक्रिया