ताप्लेजुङ, ६ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्तिक २५ गते जिल्लाको भ्रमण गरी नेपाली कांग्रेसद्धारा आयोजित आमसभालाई संबोधन गरेपछि सुदूर पूर्वको हिमाली जिल्ला ताप्लेजु¨मा नेपाली कांग्रेसको अवस्था निकै सुदृढ बनेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिको रुपमा आउनुभएका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको विशेष उपस्थितिमा बसेको फु¨लि¨ नगरसमितिको बैठकले विगतको चुनावमा भन्दा यसपटक नेपाली कांग्रेसको अवस्थामा आमूल सुधार भएकोले नेपाली कांग्रेस विजयोन्मुख बनेको र बामगठबन्धन पराजयको संघारमा पुगेको निश्कर्ष निकालेको छ ।
बैठकमा फुङलिङ नगरपालीका क्षेत्रमा थप मिहेनत गरेमा नेपाली कांग्रेसको पक्षमा थप मतआकर्षित गर्न सकिने अवस्था रहेको पनि नगरकमिटीका सदस्यहरुले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्थानिय तहमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका र पराजित भएका कार्यकर्ताहरुका साथै नगर र जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि बुढाथोकीले आफ्ना वडाका सबे समिति र भातृ एवम् शुभेच्छुक संस्थाका समिति र पदाधिकारीहरुलाई चलायमान बनाएर रिसाएका साथिहरुलाई सम्झाउने र यस पटकको चुनाव आफै उठेको जस्तो महशूस गरी आफैले जितेको अनुभूति हुने ढंगले काम गर्न कार्यकताहरुलाई निर्देशन दिनुभएको थियो ।
बैठकमा दोस्रो संविधान सभा र भर्खर सम्पन्न स्थानीय निर्वाचनमा झिनो मतको अन्तरको पराजयबाट पार्टीले गुमाएको पद र प्रतिष्ठालाई यसपटकको प्रतिनिधिसभा र प्रदेश सभामा विजय हासिल गरी पुनस्थापित गर्न सकिने विश्वास कार्यकर्ताहरुले व्यक्त गरेका थिए ।
कम्युनिष्ट गठबन्धनले लोकतान्त्रिक व्यवस्था नै फाल्ने नियत सार्वजनिक गरेको बेलामा भैरहेको यो चुनावलाई अत्यन्त संवेदनशील भएर कार्यकर्ताहरुले लिनुपर्ने बुढाथोकीले बताउनुभयो । यो चुनावमा निस्क्रिय बस्ने र असहयोग गर्ने छुट कसैलाई नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य बुढाथोकिले सबैखाले विवाद आफै मिलाउन र नसके आफुकहां लिएर आउन नगर कमिटि अध्यक्ष शिवकुमार गुरुङलाई निर्देशन दिनुभएको छ ।
उहाँले १० गते सम्म अहोरात्र खटेर पार्टीलाई जिताउन निर्देशन गर्नु भयो ।