सुनसरीका ब्राण्ड नाम हो राजिब कोईराला । त्यस माथि पनि इनरुवाका लागी राजिब एउटा कुशल नेता मात्र हैन अबिभावक हो । नेपाली काग्रेस सुनसरीमा दुई पटक चुनाव जितेका राजिब इनरुवामा हाईहाई छन । स्वच्छ छवि भएका राजिब इनरुवाका भरोसा हुन । सुनसरी क्षेत्रनम्वर २ ख बाट प्रदेश सभाका उम्मेदवार भएका राजिब नेपाली काग्रेसका मात्र नेता हैन समग्र इनरुवाका नेता हुन ।

अहिले समग्र इनरुवाबासी भन्दैछन् लोकतान्त्रिक निष्ठाको सम्मान ः राजीव कोइरालालाई मतदान । हो राजिब कोईराला पदका लागी भन्दा पनि जनताका लागी काम गर्ने नेता पनि हुन । राजिब कसैलाई पाखा र कसैलाई काखा पनि गदैनन् । निष्ठावान राजनिति गदै आएका राजिब सुनसरी क्षेत्रनम्वर २ का युवाहरुको ढुकढुकी हुन । लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली राजीव कोइरालाको पारिवारिक विरासत हो ।

राणाशासनको जहानियाँ कालखण्ड होस् कि पञ्चायती निरङ्कुशता, त्यो बेलामा सुनसरीमा प्रजातन्त्रको दीयो जोगाइराख्ने प्रतिबद्ध आदरणीय थोरै व्यक्तिहरूमध्ये एक थिए, डाक्टर केशरीराज कोइराला । राजीव उनै केशरीराजका जेठा छोरा हुन्, जो सुनसरी काङ्ग्रेसको इतिहासमा त्यागी नेताका रूपमा सदा स्मरणीय छन् । वाणिज्यशास्त्रमा स्नातक ५५ वर्षीय कोइराला जनताको सेवा र राजनीतिका लागि आर्थिक लाभको कुनै पेसा नअँगालेका व्यक्ति हुन् । उनी राजनीतिक आवरणमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारको जरो उखेल्न चाहन्छन् ।

राजनीतिका नाममा गरिने देखावटी, तडकभडक र सत्ता–स्वार्थका लागि जोसँग पनि गरिने सम्झौता राजीव कोइरालाको शब्दकोशमा छैन । जनताका पक्षमा संविधान अनुसारका ठोस कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने कोइराला त्यसका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । राजनीतिक रूपमा उनको जुन धैर्यता र उचाइ छ, त्यसलाई विश्लेषण गर्दै सुनसरीका युवाहरूले कोइरालालाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीका रूपमा पनि हेर्न थालेका छन् । राजीव कोइराला सुनसरीको युवा–वृत्तमा ‘राजीव दाइ’का नामबाट सुपरिचित छन् ।

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा काङ्ग्रेसबाहेक अन्य दलका समर्थक युवाले समेत राजीव दाइका हकमा हामी पार्टी हेर्दैनौँ भन्दै दिनहुँजसो गरिरहेको पोस्ट समर्थनले पनि राजीव कोइरालाको लोकप्रियता छर्लङ्ग हुन्छ । राजनीतिमा प्रवेश गर्न चाहने नयाँ–पुस्ताका लागि राजीव कोइराला एक आदर्श व्यक्ति हुन् । उनलाई मत दिनु तपाई–हामीमा रहेको लोकतान्त्रिक आस्थाको सम्मान तथा एउटा निरन्तर राजनीतिक पृष्ठभूमिबाट उठेका, निष्ठा र सत्यका पक्षपाती युवालाई काम गरेर देखाउने अवसर दिनु हो ।

२०३५ सालमा नेपाल विद्यार्थी सङ्घ सदस्य तथा नेपाली काङ्ग्रेस सुनसरीको सचिव दुई कार्यकाल ,नेपाली काङ्ग्रेस सुनसरीको सभापति दुई कार्यकाल हालका पनि सभापति हुन । सुनसरी २ ख निर्वाचन क्षेत्रका प्रत्येक वडामा पक्की बाटो बनाउँनुका साथै सुनसरीलाई प्रदेशिक राजधानी बनाउँन पहल गर्ने अभियानमा जुटेका राजिबलाई एमाले,माओवादी लगायतका मधेषबादी दलहरुको पनि सहयोग रहने पक्का छ ।

एक घर एक रोजगारी , सुकुम्बासी समस्या उन्मूलन , पिछडिएको क्षेत्र, मुस्लिम, दलितलाई निःशुल्क खानेपानी र शिक्षा , विपन्न राहत कोष लगायतका योजनाहरु अघि सारेका राजिबलाई चुनाव जिताउँन जनता लाग्न आवश्यक छ भन्नेहरुको संख्या इनरुवामा दिनानुदिन बढ्दो छ । राजिब प्रति बढेको जनलहर हेरेर जल्नेहरु जलिरहेका छन तर राजिब त्यस्ता नेता हुन जो अरुको कहिल्यै विरोध गदैनन् ।

तर यो पटक भने आफ्नै कार्यकालको उपसभापति सँग चुनाबी मौदानमा छन । केहि दिन अघि सम्म मात्र नेपाली काग्रेसमा उपसभापति रहेका रामप्रसाद मेहेता टिकट नपाएको झ्वाकमा एमालेबाट राजिबकै प्रतिष्प्रर्धी छन । इनरुवाबासी भन्छन राजिबलाई चुनाव जित्न कुनै ठुलो कुरा छैन । स्थानीय निकायको चुनावमा काग्रेसका राजन मेहेताले चुनाव जितेको ठाउँ भएको कारण पनि यो चुनाव सहज हुने काग्रेसले दावी गदै आएको छ । सादा जिवन उच्च विचार राख्ने राजिब सुनसरी क्षेत्रनम्वर २ ख मा मात्र हैन प्रदेश नम्वर एकको मुख्यमन्त्री हुने हैस्यातका नेता हुन । हैन र ?

तपाईको प्रतिक्रिया