कैलाली, ६ मंसिर ।  कैलालीका उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आपूmतिर तान्न विभिन्न तरिका अपनाएको देखिएको छ । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण गर्दै आएका नेताहरुले कैलालीमा प्रचारप्रसारको फरक शैली अपनाएका छन् ।

भाषणमा विपक्षीको कडा आलोचना र विरोध गर्दै आएका नेताहरु मतदताको खेतबारीमै गएर भोट माग्न थालेका छन् । उम्मेदवारहरुले खेतबारीमै पुगेर गोरु जोतेर मत मागेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेपाली कांग्रेसको तर्पmबाट कैलाली निर्वाचन क्षेत्र नम्वर ४ का उम्मेदवार सुनिल कुमार भण्डारी र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश (ख) का उम्मेदवार रमेश धामीले खेतबारीमा गएर हलो जोतेको तस्बिर  सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

धामीले कोट र जुत्ता टल्काएर गोरु जोतेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । केही मतदाताले यसको आलाचना पनि गरेका छन् । चुनाव सकिएपछि नमस्ते पनि नफर्काउने नेताहरुले अहिले मतदाता रिझाउनका लागि यस्तो हतकन्डा गरेको आरोप केहि मतदाताहरुले लगाएका छन् । केहिले जनप्रेमी नेता भएको भन्दै चर्चा पनि गरेका छन् । जिल्लाका केही उम्मेदवारले किसानको घरमा गाई दुहेको त केहीले मेलापातमै गएर भोट मागेका फोटोहरु पनि सार्वजनिक भइरहेका छन् । अझ कसैले वृद्ध मतदाता फकाउनका लागि टिका लगाएको तस्बिरहरु सामाजिक सञ्जालमा हालेका छन् भने कसैले मतदाताका छोराछोरी समातेका फोटाहरु पनि सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया